इटहरीः कोरोना भाइरसको महामारी सुरु भएयता विश्वमा आठ करोड छ लाख ७१ हजार चार सय आठ जनामा यसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाभित्र चार लाख २९ हजार चार सय आठ जना नयाँ संक्रमितको पहिचान भएपछि संक्रमितको संख्या आठ करोड छ लाख ७१ हजार चार सय आठ पुगेको हो । २४ घण्टाकै अवधिमा संक्रमितमध्ये सात हजार ४७ जनाले ज्यान गुमाएका छन् । यससँगै विश्वभर मृतक संक्रमितको कुल संख्या १७ लाख ६४ हजार एक सय ५५ पुगेको छ । विश्वका संक्रमितमध्ये हालसम्म पाँच करोड ६८ लाख ८४ हजार नौ सय ६१ जना निको भएका छन् । हाल विश्वभर दुई करोड २० लाख २२ हजार दुई सय ९२ जना सक्रिय संक्रमित रहेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा संक्रमितको कुल संख्या एक करोड ९३ लाख ९६ हजार पाँच सय चार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक लाख ३९ हजार दुई सय २५ जना नयाँ संक्रमितको पहिचान भएको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा एक हजार तीन सय ५४ जनाले ज्यान गुमाएपछि अमेरिकामा मृतक संक्रमितको कुल संख्या तीन लाख ३९ हजार सात सय ३४ पुगेको छ । संक्रमितमध्ये हालसम्म एक करोड १३ लाख ९९ हजार छ सय ३९ निको भएका छन् । हाल अमेरिकामा ७६ लाख ५७ हजार एक सय ३१ जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा हालसम्म क करोड एक लाख ८८ हजार तीन सय ९२ जनामा संक्रमण पुष्टि भइसकेको छ । २४ घण्टाको अवधिमा भारतभर १८ हजार पाँच सय ७४ नयाँ संक्रमित पहिचान गरिएका छन् । संक्रमितमध्ये २४ घण्टाको अवधिमा दुई सय ८० जनाको ज्यान गएपछि भारतमा मृतक संक्रमितको संख्या एक लाख ४७ हजार छ सय ५९ पुगेको छ । भारतका संक्रमितमध्ये ९७ लाख ६० हजार आठ सय ४८ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा दुई लाख ७९ हजार आठ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टामा १७ हजार दुई सय ४६ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै ब्राजिलमा संक्रमितको कुल संख्या ७४ लाख ६५ हजार आठ सय छ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाभित्र तीन सय जनाले ज्यान गुमाएपछि मृतक संक्रमितको कुल संख्या एक लाख ९० हजार आठ सय १५ पुगेको छ । ब्राजिलमा हालसम्म ६४ लाख ७५ हजार चार सय ६६ संक्रमित निको भएका छन् । हाल ब्राजिलमा सात लाख ९९ हजार पाँच सय २५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।