इटहरीः विश्वभर आठ करोड ११ लाखभन्दा बढी मानिस कोरोना संक्रमणबाट प्रभावित भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र विश्वभर तीन लाख ९८ हजार आठ सय २३ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै विश्वमा संक्रमितको कुल संख्या आठ करोड ११ लाख १८ हजार तीन सय ९७ पुगेको कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा छ हजार नौ सय १४ जनाले ज्यान गुमाएपछि विश्वभर मृतक संक्रमितको कुल संख्या १७ लाख ७१ हजार तीन सय ४० पुगेको छ । विश्वका संक्रमितमध्ये पाँच करोड ७२ लाख ६७ हजार नौ सय ९८ जना संक्रमणमुक्त भएका छन् । हाल विश्वभर दुई करोड २० लाख ७९ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख २१ हजार ३३ जना नयाँ संक्रमितके पहिचान भएको छ । यससँगै अमेरिकाभर संक्रमितको कुल संख्या एक करोड ९५ लाख ६२ हजार नौ सय ९७ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा कोरोनाका कारण एक हजार एक सय ९१ जनाले ज्यान गुमाएसँगै अमेरिकामा मृतक संक्रमितको कुल संख्या तीन लाख ४१ हजार एक सय १४ पुगेको छ । अमेरिकामा हालसम्म एक करोड १४ लाख ८६ हजार एक सय २१ जना संक्रमित निको भएका छन् । हाल अमेरिकामा ७७ लाख ३५ हजार सात सय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको मुलुक भारतमा पछिल्लो २४ घण्टामा २० हजार तीन सय ३३ नयाँ संक्रमितको पहिचान भएसँगै संक्रमितको कुल संख्या एक करोड दुई लाख आठ हजार सात सय २५ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा दुई सय ८१ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा मृतक संक्रमितको कुल संख्या एक लाख ४७ हजार नौ सय ४० पुगेको छ । भारतमा हालसम्म ९७ लाख ८१ हजार नौ सय ४५ संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या दुई लाख ७८ हजार आठ सय ४० रहेको छ ।
संक्रमणको असरका आधारमा तेस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा १८ हजार चार सय ७९ जना नयाँ संक्रमितको पहिचान भएसँगै संक्रमितको कुल संख्या ७४ लाख ८४ हजार दुई सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलका तीन सय ३१ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै ब्राजिलभर मृतक संक्रमितको संख्या एक लाख ९१ हजार एक सय ४६ पुगेको छ । हालसम्म ब्राजिलका ६५ लाख १५ हजार तीन सय ७० संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या सात लाख ७७ हजार सात सय ६९ रहेको छ ।