इटहरीः काठमांडौस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड १९ को संक्रमणको उपचारका लागि छुट्टै एनआइसियू तथा फिभर क्लिनिक निर्माण गरी बिरामीहरुलाई स्तरीय स्वास्थ्य सेवा दिएको छ ।
यो क्रममा कोभिड संक्रमित भएका ६ सय ७२ बिरामीको स्तरीय सेवासहित सफल उपचार गरिएको छ । नर्भिकले सामाजिक उत्तरदायित्व बोध गर्दै अत्याधुनिक र स्तरीय कोभिड वार्ड तयार गरी बिरामीहरुलाई स्तरीय सेवा दिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
नर्भिक अस्पतालले कोभिड सुरु भएपछिदेखि केही दिनअघिसम्म गरी कुल ६७२ संक्रमितको सफल उपचार गरेको हो । नेपालमा कोभिड १९ को संक्रमण सुरु भएलगत्तै सरकारले घोषणा गरेको कोभिड कोषमा निजी क्षेत्रको तर्फबाट सहयोग गर्ने पहिलो व्यक्ति पनि नर्भिकका अध्यक्ष वसन्तकुमार चौधरी थिए । उनले सो बेला सरकारी कोषमा ५० लाख रुपैयाँ नगद प्रदान गरेका थिए भने ६० लाख रुपैयाँ बराबरको मेडिकल सामग्रीसमेत हस्तान्तरण गरेका थिए ।