इटहरीः गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले सम्पूर्ण विश्वलाई प्रभावित पारेको छ । पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ७४ हजार एक सय २७ जना नयाँ संक्रमितको पहिचान भएको छ ।
यससँगै विश्वभर संक्रमितको कुल संख्या आठ करोड २२ लाख ६८ हजार एक सय ४७ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा १२ हजार नौ सय ३१ जनाले ज्यान गुमाएसँगै विश्वभर मृतक संक्रमितको संख्या १७ लाख ९४ हजार सात सय ११ पुगेको छ । संक्रमितमध्ये हालसम्म विश्वमा पाँच करोड ८२ लाख ८१ हजार एक सय ५७ जना संक्रमणमुक्त भएका छन् । हाल विश्वभर दुई करोड २१ लाख ९२ हजार दुई सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा एकै दिन एक लाख ६७ हजार तीन सय ९१ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड ९९ लाख ४९ हजार एक सय नौ पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि साढे तीन लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६६ जनाको मृत्यु भएपछि ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या तीन लाख ४६ हजार दुई सय ४७ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या पनि अन्य मुलुककोभन्दा धेरै छ । सङ्क्रमितमध्ये एक करोड १८ लाख १४ हजार ४६ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । ७७ लाख ८८ हजार आठ सय १६ जना उपचाररत रहेकोमा २८ हजार नौ सय २० जनाको अवस्था गम्भीर रहेको छ ।
कोरोनाका कारण प्रभावित हुने मुलुकमध्ये दोस्रो नम्बरमा रहेको भारतमा सङ्क्रमित सङ्ख्या एक करोड दुई लाख ४५ हजार तीन सय २६ पुगेको छ । एकै दिन २० हजार पाँच सय २९ नयाँ बिरामी थपिए । कोरोनाका कारण एक लाख ४८ हजार चार सय ७५ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा दुई सय ८५ जनाको मृत्यु भयो । सङ्क्रमितमध्ये ९८ लाख ३३ हजार तीन सय ३९ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । दुई लाख ६३ हजार पाँच सय १२ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
कोरोना संक्रमणबाट बढी प्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा सङ्क्रमित सङ्ख्या ७५ लाख ६४ हजार एक सय १७ पुगेको छ । एकै दिन ५७ हजार दुई सय २७ नयाँ बिरामी थपिए । कोरोनाका कारण एक लाख ९२ हजार सात सय १६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ७५ जनाको मृत्यु भयो । ६६ लाख ४७ हजार पाँच सय ३८ सङ्क्रमित उपचारपछि निको भएका छन् । सात लाख २३ हजार आठ सय ६३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।