इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ५ हजार सात सय ९८ जना नयाँ कोरोना संक्रमितके पहिचान भएको छ ।
यससँगै हालसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या आठ करोड ३० लाख १२ हजार दुई सय ४५ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा विश्वभर १४ हजार एक सय ७२ जनाको ज्यान गएसँगै विश्वभर मृतक संक्रमितको कुल संख्या १८ लाख १० हजार तीन सय ८७ पुगेको छ । हालसम्म विश्वभर पाँच करोड ८८ लाख १६ हजार पाँच सय ४१ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल विश्वमा सक्रिय संक्रमितको संखया दुई करोड २३ लाख ८५ हजार तीन सय १७ रहेको छ ।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा दुई लाख आठ हजार चार सय ६० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै त्यहाँ संक्रमितको कुल संख्या दुई करोड एक लाख ९० हजार नौ सय एक पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा अमेरिकाभर तीन हजार तीन सय ८२ जनाले ज्यान गुमाएपछि मृतक संक्रमितको संख्या तीन लाख ५० हजार दुई सय ८० पुगेको छ । हालसम्म अमेरिकामा एक करोड १९ लाख ६८ हजार दुई सय ५७ संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ७८ लाख ७२ हजार तीन सय ६४ रहेको छ ।
कोरोना संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार नौ सय ५७ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै भारतमा संक्रमितको कुल संख्या एक करोड दुई लाख ६७ हजार दुई सय ८३ पुगेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा दुई सय ९९ जनाको मृत्यु भएपछि भारतभर मृतक संक्रमितको संख्या एक लाख ४८ हजार सात सय ७४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ९८ लाख ५९ हजार सात सय ६२ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या सात लाख १८ हजार दुई सय ४९ रहेको छ ।
यसैगरी, संक्रमणबाट तेस्रो अतिप्रभावित देश ब्राजिलमा पछिल्लो २४ घण्टामा ५५ हजार आठ सय ५३ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै संक्रमितको कुल संख्या ७६ लाख १९ हजार नौ सय ७० पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा एक हजार दुई सय २४ जनाले ज्यान गुमाएपछि ब्राजिलमा मृतक संक्रमितको कुल संख्या एक लाख ९३ हजार नौ सय ४० पुगेको छ । संक्रमितमध्ये हालसम्म ६७ लाख सात हजार सात सय ८१ जना संक्रमणमुक्त भएका छन् । हाल ब्राजिलभर सात लाख १८ हजार दुई सय ४९ जनामा संक्रमण सक्रिय रहेको छ ।