इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ३८ हजार तीन सय १२ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
यससँगै हालसम्म विश्वमा संक्रमितको कुल संख्या आठ करोड ४३ लाख ३८ हजार पाँच सय ५१ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा नौ हजार एक सय ९८ जना संक्रमितको ज्यान गएपछि विश्वभर मृतक संक्रमितको कुल संख्या १८ लाख ३४ हजार दुई सय १४ पुगेको छ । हालसम्म विश्वभर पाँच करोड ९६ लाख ११ हजार २१ जना संक्रमित कोरोनालाई जित्न सफल भएका छन् । हाल विश्वमा सक्रिय संक्रमितको संख्या दुई करोड २८ लाख ९३ हजार तीन सय १६ रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ५६ हजार चार सय ९७ जना नयाँ संक्रमितको पहिचान भएसँगै संक्रमितको कुल संख्या दुई करोड छ लाख सात हजार सात सय ९९ पुगेको छ । २४ घण्टाको अवधिमा दुई हजार २८ संक्रमितले ज्यान गुमाएसँगै अमेरिकामा मृतक संक्रमितको कुल संख्या तीन लाख ५६ हजार पुगेको छ । हालसम्म अमेरिकाभर रहेका संक्रमितमध्ये एक करोड २१ लाख ६५ हजार तीन सय ६२ जनाले कोरोनालाई परास्त गर्न सफल भएका छन् । हाल अमेरिकामा ८० लाख ८६ हजार ९३ जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमणबाट बढी प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ८० जनामा संक्रमण पुष्टि भई संक्रमितको कुल संख्या एक करोड तीन लाख तीन हजार चार सय नौ पुगेको छ । २४ घण्टाको अवधिमा भारतमा एक सय ८७ जना संक्रमितले ज्यान गुमाएपछि त्यहाँ मृतक संक्रमितको कुल संख्या एक लाख ४९ हजार दुई सय पाँच पुगेको छ । भारतका संक्रमितमध्ये हालसम्म ९९ लाख एक हजार नौ सय २९ जना निको भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या दुई लाख ५२ हजार दुई सय ७५ रहेको छ ।
यसैगरी, संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा विश्वमा तेस्रो स्थानमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टामा २४ हजार छ सय पाँच जनामा संक्रमण पुष्टि भएको छ । यससँगै ब्राजिलमा संक्रमितको कुल संख्या ७७ लाख पाँच सय ७८ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा चार सय ६५ जनाले ज्यान गुमाएपछि मृतक संक्रमितको कुल संख्या एक लाख ९५ हजार चार सय ४१ पुगेको छ । हालसम्म ब्राजिलमा ६७ लाख ५६ हजार दुई सय ८४ जना संक्रमित निको भएका छन् । हाल ब्राजिलमा रहेका सक्रिय संक्रमितको संख्या सात लाख ४८ हजार आठ सय ५३ रहेको वल्र्डोमिटरको तथ्याङ्क छ ।