इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ११ हजार ४० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
यससँगै विश्वभर संक्रमितको कुल संख्या आठ करोड ४९ लाख २८ हजार छ सय ५४ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा विश्वभर सात हजार आठ सय ९० जनाको ज्यान गएसँगै मृतक संक्रमितको संख्या १८ लाख ४२ हजार छ सय ८८ पुगेको छ । विश्वका संक्रमितमध्ये हालसम्म छ करोड ३५ हजार सात सय २८ मानिस संक्रमणमुक्त भएका छन् । हाल विश्वभर दुई करोड ३० लाख ५० हजार दुई सय ३८ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ९५ हजार छ सय ८० जना नयाँ सङ्क्रमित थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या करोड आठ लाख ६७ हजार सात सय १४ पुगेको छ । एक करोड २३ लाख १५ हजार दुई सय १९ जना उपचारपछि घर फर्किएका छन् । ८१ लाख ९४ हजार १० जनाको उपचार जारी छ । कोरोना पुष्टि भएका तीन लाख ५८ हजार चार सय ८५ अमेरिकी नागरिकको निधन भइसकेको छ । एकै दिन एक हजार नौ सय १० जनाको ज्यान गयो ।
कोरोना संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार दुई सय २२ जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमित सङ्ख्या एक करोड तीन लाख २४ हजार छ सय ३१ पुगेको छ । ९९ लाख २६ हजार पाँच सय १७ जनाको उपचार सम्भव भएको छ । हाल भारतभर दुई लाख ४८ हजार छ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा दुई सय ६६ जनाको मृत्यु भएसँगै भारतमा मृतक संक्रमितको संख्या सङ्क्रमितमध्ये एक लाख ४९ हजार चार सय ७१ पुगेको छ ।
यसैगरी, संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टामा १५ हजार आठ सय २७ नयाँ संक्रमितको पहिचान भएपछि सङ्क्रमितको कुल सङ्ख्या ७७ लाख १६ हजार चार सय पाँच पुगेको छ । संक्रमितमध्ये हालसम्म ६७ लाख ६९ हजार चार सय २० मानिस निको भएका छन् । हाल ब्राजिलमा सात लाख ५१ हजार दुई सय ४३ जना सक्रिय संक्रमित रहेका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा तीन सय एक जना संक्रमितको ज्यान गएसँगै मृतक संक्रमितको कुल संख्या एक लाख ९५ हजार सात सय ४२ पुगेको छ ।