इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ८५ हजार तीन सय ६२ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
यससँगै हालसम्म विश्वभर संक्रमितको कुल संख्या आठ करोड ६० लाख ४० हजार दुई सय २८ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा आठ हजार तीन सय ८८ जनाले ज्यान गुमाएपछि विश्वमा मृतक संक्रमितको कुल संख्या १८ लाख ५९ हजार २३ पुगेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर छ करोड नौ लाख ६० हजार नौ सय जना कोरोनामुक्त भएका छन् । हाल विश्वभर कोरोना भाइरसका दुई करोड ३२ लाख २० हजार तीन सय पाँच जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ५३ हजार पाँच सय ९४ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमितको कुल संख्या दुई करोड १३ लाख १३ हजार नौ सय ४९ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा एक हजार पाँच सय ८६ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक सङ्क्रमितको सङ्ख्या तीन लाख ६१ हजार पाँच सय ७४ पुगेको छ । अमेरिकामा हालसम्म एक करोड २६ लाख ६५ हजार एक सय १० जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल अमेरिकाभर ८२ लाख ८७ हजार दुई सय ६५ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय रहेको छ ।
संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको मुलुक भारतमा पछिल्लो २४ घण्टामा १६ हजार दुई सय ७८ जना नयाँ संक्रमितको पहिचान भएको छ । यसका साथै संक्रमितको कुल संख्या एक करोड तीन लाख ५७ हजार पाँच सय ६९ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाभित्र भारतभर दुई सय जनाको मृत्यु भएसँगै मृतक संक्रमितको कुल संख्या एक लाख ४९ हजार आठ सय ८६ पुगेको छ । भारतमा हालसम्म ९९ लाख ७५ हजार तीन सय ४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने हाल सक्रिय संक्रमितको संख्या दुई लाख ३२ हजार तीन सय ४३ रहेको छ ।
यसैगरी, कोरोनाबाट अतिप्रभाति मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टामा २० हजार आठ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै त्यहाँ सङ्क्रमितको कुल संख्या ७७ लाख ५४ हजार पाँच सय ६० पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा ब्राजिलभर पाँच सय ७३ जनाले ज्यान गुमाएपछि त्यहाँ मृतक सङ्क्रमितको सङ्ख्या एक लाख ९६ हजार पाँच सय ९१ पुगेको छ । ब्राजिलमा हालसम्म ६८ लाख ७५ हजार दुई सय ३० संक्रमित कोरोनामुक्त भएका छन् । हाल ब्राजिलमा छ लाख ८२ हजार सात सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।