इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ४१ हजार छ सय २५ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
यससँगै विश्वभर संक्रमितको कुल संख्या आठ करोड ६७ लाख ७७ हजार छ सय आठ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टाको अवधिमा विश्वभर १२ हजार पाँच सय ५२ जनाको ज्यान गएसँगै विश्वमा मृतक संक्रमितको कुल संख्या १८ लाख ७३ हजार आठ सय ५५ पुगेको छ । हालसम्म विश्वका छ करोड १४ लाख ९७ हजार सात सय जना संक्रमित निको भएका छन् । हाल विश्वभर दुई करोड ३४ लाख छ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा दुई लाख नौ सय २७ हजार नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै, संक्रमितको कुल संख्या अमेरिकाभर दुई करोड १५ लाख ५३ हजार नौ सय ७८ पुगेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ६७ जनाले ज्यान गुमाएसँगै मृतक संकमितको कुल संख्या तीन लाख ६५ हजार एक सय ९० पुगेको छ । अमेरिकामा हालसम्म एक करोड २८ लाख ४१ हजार चार सय ७७ जना संक्रमित निको भएका छन् । हाल अमेरिकामा सक्रिय संक्रमितको संख्या ८३ लाख ४७ हजार तीन सय ११ पुगेको छ ।
कोरोना संक्रमणबाट विश्वमै दोस्रो अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा १७ हजार नौ सय आठ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड तीन लाख ७५ हजार चार सय ७७ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा दुई सय ६५ जनाले ज्यान गुमाएसँगै भारतमा मृतक संक्रमितको कुल संख्या एक लाख ५० हजार एक सय ५१ पुगेको छ । भारतका संक्रमितमध्ये हालसम्म ९९ लाख ९६ हजार चार सय ९३ जना संक्रमित निको भएका छन् । हाल भारतभर दुई लाख २८ हजार आठ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी, कोरोना संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको मुलुक भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार चार सय ४७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यससँगै ब्राजिलमा संक्रमितको कुल संख्या ७८ लाख १२ हजार सात पुगेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टाको अवधिमा एक हजार एक सय ८६ जनाले ज्यान गुमाएसँगै मृतक संक्रमितको कुल संख्या एक लाख ९७ हजार सात सय ७७ पुगेको छ । ब्राजिलमा हालसम्म ६९ लाख ६३ हजार चार सय सात जना संक्रमित निको भएका छन् । हाल ब्राजिलमा रहेका सक्रिय संक्रमितको संख्या छ लाख ५० हजार आठ सय २३ पुगेको छ ।