इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर सात लाख ४० हजार सात सय ६६ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै संक्रमितको कुल संख्या आठ करोड ७५ लाख ६८ हजार चार सय ३३ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । संक्र्रमितमध्ये पछिल्लो २४ घण्टाभित्र १३ हजार चार सय ४६ जना संक्रमितले ज्यान गुमाएसँगै विश्वभर मृतक संक्रमितको कुल संख्या १८ लाख ८८ हजार आठ सय ५० पुगेको छ । विश्वमा हालसम्म छ करोड ३० लाख ८१ हजार नौ सय ४४ संक्रमित निको भएका छन् । हाल विश्वभर दुई करोड २५ लाख ९७ हजार छ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा दुई लाख २७ हजार सात सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या दुई करोड १८ लाख १४ हजार तीन सय ४५ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा अमेरिकाभर तीन हजार पाँच सय दुई जनाले ज्यान गुमाएका छन् । यससँगै अमेरिकामा मृतक संक्रमितको कुल संख्या तीन लाख ६९ हजार तीन सय ६१ पुगेको छ । अमेरिकामा हालसम्म एक करोड २९ लाख ९२ हजार नौ सय २९ संक्रमित निको भएका छन् । हाल अमेरिकामा ८४ लाख ५२ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् । 

यसैगरी, कोरोना संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको मुलुक भारतमा पछिल्लो २४ घण्टामा २० हजार चार सय ६० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै त्यहाँ संक्रमितको कुल संख्या एक करोड तीन लाख ९५ हजार नौ सय ३८ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा दुई सय २१ जनाको ज्यान गएसँगै भारतमा मृतक संक्रमितको कुल संख्या एक लाख ५० हजार तीन सय ७२ पुगेको छ । भारतमा हालसम्म एक करोड १६ हजार एक सय ६३ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या दुई लाख २९ हजार चार सय तीन पुगेको छ । 

यसैगरी, कोरोना संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टामा ६२ हजार पाँच सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७८ लाख ७४ हजार पाँच सय ३९ पुगेको छ । २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजार दुई सय ६६ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै ब्राजिलभर मृतक संक्रमितको कुल संख्या एक लाख ९९ हजार ४३ पुगेको छ । ब्राजिलमा हालसम्म ७० लाख ३६ हजार पाँच सय ३० संक्रमितले कोरोनामाथि विजय प्राप्त गरेका छन् । हाल ब्राजिलमा सक्रिय संक्रमितको संख्या छ लाख ३८ हजार नौ सय ६६ रहेको वल्र्डोमिटरको तथ्याङ्क छ ।