इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर सात लाख ६२ हजार दुई सय ७४ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै हालसम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या आठ करोड ८४ लाख २१ हजार दुई सय ५० पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा विश्वभर १३ हजार आठ सय ३० जनाले ज्यान गुमाएसँगै मृतक सङ्क्रमितको सङ्ख्या १९ लाख चार हजार सात सय दुई पुगेको छ । हालसम्म विश्वभर छ करोड ३५ लाख ४९ हजार एक सय ६६ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल विश्वमा सक्रिय संक्रमितको संख्या दुई करोड २९ लाख ६७ हजार तीन सय ८२ रहेको छ ।

कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा दुई लाख २४ हजार नौ सय ३६ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै संक्रमितको कुल संख्या दुई करोड २० लाख ८२ हजार पाँच सय ५२ पुगेको छ । संक्रमितमध्ये अमेरिकामा पछिल्लो २४ घण्टामा तीन हजार चार सय १३ जनाले ज्यान गुमाएसँगै मृतक संक्रमितको कुल संख्या तीन लाख ७३ हजार चार सय तीन पुगेको छ । हालसम्म अमेरिकामा एक करोड ३१ लाख दुई हजार आठ सय ३३ सङ्क्रमित निको भएका छन् । हाल अमेरिकामा सक्रिय संक्रमितको संख्या ८६ लाख छ हजार तीन सय १६ रहेको छ ।

अमेरिकापछि विश्वमा कोरोना संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा भारत रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १८ हजार एक सय छ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै भारतभर संक्रमितको कुल संख्या एक करोड चार लाख १४ हजार ४४ पुगेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा दुई सय ३४ जनाको ज्यान गएसँगै मृतक संक्रमितको कुल संख्या एक लाख ५० हजार छ सय छ पुगेको छ । हालसम्म भारतमा रहेका संक्रमितमध्य एक करोड ३६ हजार सात सय २२ जनाले कोरोनामाथि विजय प्राप्त गरेका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या दुई लाख २६ हजार सात सय १६ रहेको छ ।

कोरोना संक्रमणबाट तेस्रो अतिप्रभावित राष्ट्र ब्राजिलमा पछिल्लो २४ घण्टामा ८७ हजार एक सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७९ लाख ६१ हजार छ सय ७३ पुगेको छ । संक्रमितमध्ये ब्राजिलमा २४ घण्टाको अवधिमा एक हजार चार सय ५५ जनाको ज्यान गएको छ । यससँगै त्यहाँ मृतक संक्रमितको कुल संख्या दुई लाख चार सय ९८ पुगेको छ । संक्रमितमध्ये ब्राजिलमा हालसम्म ७० लाख ९६ हजार नौ सय ३१ जना कोरोनामुक्त भएका छन् । हाल ब्राजिलमा छ लाख ६४ हजार दुई सय ४४ जना सक्रिय संक्रमित रहेको वल्र्डोमिटरको तथ्याङ्क छ ।