इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ४२ हजार नौ सय ४३ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै विश्वभर संक्रमितको कुल संख्या नौ करोड १२ लाख ६७ हजार नौ सय नौ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा आठ हजार आठ सय २४ जनाले ज्यान गुमाएसँगै विश्वमा मृतक संक्रमितको कुल संख्या १९ लाख ५१ हजार सात सय ७५ पुगेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर छ करोड ५२ लाख सात हजार तीन सय ९३ संक्रमित निको भएका छन् । हाल विश्वभर दुई करोड ४१ लाख आठ हजार सात सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ८५ हजार छ सय ६७ जना नयाँ कोरोना संक्रमितधको पहिचान भएको छ । यससँगै अमेरिकामा संक्रमितको कुल संख्या दुई करोड ३१ लाख १२ हजार सात सय ९५ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा एक हजार छ सय ९६ जनाले ज्यान गमाएपछि अमेरिकामा मृतक संक्रमितको कुल संख्या तीन लाख ८४ हजार नौ सय ९६ पुगेको छ । अमेरिकामा हालसम्म एक करोड एक लाख १० हजार छ सय ३४ निको भएका छन् । हाल अमेरिकामा रहेका सक्रिय संक्रमितको संख्या ९१ लाख आठ हजार ११ रहेको छ ।

संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा १२ हजार चार सय ४८ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै संक्रमितको कुल संख्या एक करोड चार लाख ७९ हजार आठ सय ७९ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा भारतभर एक सय ६६ जनाको ज्यान गुमाएसँगै मृतक संक्रमितको संख्या एक लाख ५१ हजार तीन सय ६४ पुगेको छ । भारतमा रहेका संक्रमितमध्ये एक करोड एक लाख १० हजार छ सय ३४ जना निको भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या दुई लाख १७ हजार आठ सय ८१ रहेको छ ।

संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको राष्ट्र ब्राजिलमा पछिल्लो २४ घण्टामा २८ हजार ४३ नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै सङ्क्रमितको कुल सङ्ख्या ८१ लाख ३३ हजार आठ सय ३३ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा चार सय ७७ जनाले ज्यान गुमाएपछि मृतक संक्रमितको कुल संख्या दुई लाख तीन हजार छ सय १७ पुगेको छ । ब्राजिलमा हालसम्म ७२ लाख सात हजार चार सय ८३ संक्रमितले कोरोनालाई परास्त गरेका छन् । हाल ब्राजिलमा सात लाख २२ हजार सात सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।