इटहरीः सुनसरीको धरानस्थित एनआइसी एसिया बैँकको शाखा कार्यालयमा जडित एटिएम मेसिन तोडी रकम चोरी गर्ने कार्यमा संलग्न अभियुक्त हिजो पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीकै कोशी गाउँपालिका वडा ३ कोशी कटान जुद्धगञ्ज स्थायी घर भई हाल धरान उपमहानगरपालिका ३ स्थित साहिदा खातुनको घरमा डेरा गरी बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायबउपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।

उनका अनुसार अभियुक्त अन्सारीलाई सीसीटीभी अभिलेखका आधारमा सोमबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तउपर चोरी मुद्दामा अभियोगपत्र दायर गर्ने तयारी गरिएको डीएसपी बस्नेतको भनाइ छ । गत आइतबार बैँकको एटिएम मेसिनबाट रकम चोरी भएको थियो ।