इटहरीः जीवनोपयोगी सीपका माध्यमबाट मानिसलाई स्वरोजगार बनाउने उद्देश्यले सुनसरीको इटहरीस्थित आइतबारेमा वि।स। २०६८ मा स्थापित राम्रो तालिम रोजगार केन्द्र २०७३ सालमा आरटिआरके होटल स्कुलका रुपमा परिणत भई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीइभीटीको सम्बन्धनमा होटल व्यवसायसँग सम्बन्धित विभिन्न तालिमहरु सञ्चालन गरिरहेको छ ।

136726771_1058326541352024_1254556674516042002_n
स्कुलले छोटो अवधिको सर्टिफिकेट लेभलका तीनमहिने जनरल कुक, ६ महिने कमर्सियल कुकिङ एण्ड बेकिङ, तीनमहिने फुड एन्ड विभरेज सर्भिस, तीनमहिने बेकरी एन्ड पेस्ट्रि ट्रेनिङ, तीनमहिने बार टेन्डर, एकमहिने स्पेसनल सुसी, स्पेसल नान तन्दुरी र हाउस किपिङ तालिम सञ्चालन गरिरहेको स्कुलका सञ्चालक प्रेम तुम्बापोले बताए । यसका साथै स्कुलले तीनमहिने वेटर वेट्रेस ट्रेनिङ, कलिनरी आर्ट, बरिस्टा स्किल तथा रुम डिभिजन म्यानेजमेन्टका कोर्सहरुसमेत अध्यापन गर्दै आएको उनको भनाइ छ । यसका अतिरिक्त कलेजले डिप्लोमा तहको कोर्सका रुपमा प्रोफेसनल डिप्लोमा इन होटल म्यानेजमेन्ट र प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्टस्समेत सञ्चालनमा ल्याएको छ ।
विद्यार्थीहरुलाई तालिमपछि स्वदेश तथा विदेशमा ६ महिनादेखि एक वर्षसम्मको पेइड इन्टर्नसिपको अवसर पनि स्कुलले प्रदान गर्ने गरेको छ । यस स्कुलमा अध्ययन गरेका विद्यार्थीहरुले हालसम्म नेपालका विभिन्न पाँचतारे होटलहरुका अतिरिक्त भारत चीन, युएई, थाइल्याण्ड, नेदरल्याण्डजस्ता दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, मध्यपूर्वी एसिया तथा युरोपका मुलुकहरुमा इन्टर्नसिपको मौका पाइसकेका छन् ।

137527828_4838797209524272_8239159153786235329_o


इन्टर्नसिपका क्रममा राम्रो प्रदर्शन गर्ने विद्यार्थीलाई सम्बन्धित मुलुकमै जागिरका लागिसमेत स्कुलले पहल गरिदिने सञ्चालक तुुम्बापो बताउँछन् । स्कुलको व्यवस्थापन अत्यन्त उच्च स्तरको रहेको बताउँदै तुम्बापोले भने, ‘आरटिआरके होटल स्कुल विद्यार्थीलाई तालिम र रोजगार दिने थलो होे । यसले होटलसम्बन्धी व्यावसायिक तालिम प्रदान गरी विद्यार्थीलाई छोटो समयमै राम्रो पैसा कमाउन सक्षम बनाउँछ ।’ स्कुलले विद्यार्थीले शिक्षण सिकाइका क्रममा प्रयोग गर्ने सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध गराउने गरेको छ । जसमा प्रयोगात्मक कार्यका लागि आवश्यक पर्ने यान्त्रिक उपकरण, शैक्षिक सामग्री, पुस्तक तथा पोसाकसमेत पर्दछन् ।
स्कुलले तथा मित्रवत व्यवहारसहितको वातावरणमैत्री कक्षा प्रदान गर्नुका साथै तालिममा सहभागीलाई औपचारिक कक्षाका अतिरिक्त आवधिक रुपमा ल्याङ्ग्वेज क्लास, समाचार संकलन तथा सम्प्रेषण, व्यक्तित्व विकास, ब्युटि टिप्स, अन्तर्वार्ताजस्ता विषयको कक्षासमेत प्रदान गर्ने गरेको छ ।

137611718_522217268694935_609594648700157594_n
अन्तर्राष्ट्रिय स्तरको ल्याब तथा उपकरणको प्रयोगका साथै मल्टिमिडिया प्रविधिद्वारा अध्यापन गराउने यस स्कुलले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग प्राविधिक सहकार्य गरी शिक्षालाई उच्च गुणस्तरीय र विश्वसनीय बनाएको छ । यहाँ सञ्चालित सबै कोर्सहरु नेपाल सरकार तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)द्वारा मान्यताप्राप्त रहने हुँदा यहाँका विद्यार्थीले सहजै रोजगारीको अवसर पाउन सक्छन् ।
सम्बन्धित विषयको सैद्धान्तिक तथा व्यावहारिक एवं प्रयोगात्मक शिक्षा प्रदान गर्नुका साथै यस स्कुलले विद्यार्थीलाई नेपालको मौलिक सँस्कारप्रति सम्मान तथा अपनत्वबोध गराउनेगरी शिक्षा प्रदान गरी सँस्कृति र परम्पराप्रति जागरुक र उत्तरदायी बनाउन मद्दत गर्ने स्कुलको मुख्य उद्देश्य रहेको स्कुल व्यवस्थापनले जनाएको छ । विद्यार्थीले तालिमबाट प्राप्त गरेको सीपलाई व्यवहारमा उतार्र्दै अर्थोपार्जन गर्नका लागि स्कुलले आफ्नै स्वामित्वमा सञ्चालित चुलो रेष्टुरेन्टमा रोजगारीको अवसर प्रदान गर्ने व्यवस्थापन पक्षको भनाइ छ ।प्रशिक्षण समाप्त हुनासाथ विद्यार्थीहरुका लागि स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालित विभिन्न होटल तथा हस्पिटालिटि उद्योगमा प्रोडक्सन तथा सेवाका साथै अन्य विभिन्न विधामा रोजगारीको ढोका खुल्ने स्कुलको विश्वास रहेको छ ।

137211501_1132654743821097_4884030900947839606_n 138236304_738849350363784_845364181967738630_n