इटहरीः पछिल्लो २४ घण्टामा विश्वमा छ लाख २४ हजार चार सय ६० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या हालसम्म नौ करोड ४९ लाख नौ हजार छ सय सात जना पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा विश्वभर १२ हजार सात सय ५८ जनाले ज्यान गुमाएका छन् । यससँगै विश्वभर मृतक संक्रमितको कुल संख्या २० लाख २९ हजार चार सय ९७ पुगेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर छ करोड ७७ लाख ४८ हजार दुई सय छ जना निको भएका छन् । हाल विश्वभर दुई करोड ५१ लाख ३१ हजार नौ सय चार जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ८१ हजार पाँच सय ५४ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै अमेरिकामा संक्रमितको कुल संख्या दुई करोड ४२ लाख ९४ हजार सात सय नौ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा अमेरिकाभर पछिल्लो २४ घण्टामा तीन हजार तीन सय २३ जनाले ज्यान गुमाएपछि त्यहाँ मृतक संक्रमितको कुल संख्या चार लाख पाँच हजार एक सय ९१ पुगेको छ । अमेरिकामा हालसम्म एक करोड ४३ लाख ३६ हजार नौ सय ६४ संक्रमित निको भएका छन् । हाल अमेरिकामा ९५ लाख ५२ हजार पाँच सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैैगरी, संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको मुलुक भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ५१ नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै भारतमा संक्रमितको कुल संख्या एक करोड पाँच लाख ५८ हजार सात सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ८१ जनाले ज्यान गुमाएसँगै भारतमा मृतक संक्रमितको कुल सङ्ख्या एक लाख ५२ हजार तीन सय ११ पुगेको छ । हालसम्म भारतमा एक करोड एक लाख ९६ हजार एक सय ८४ जना संक्रमित निको भएका छन् । भारतमा सक्रिय संक्रमितके संख्या दुई लाख १० हजार दुई सय १५ रहेको छ ।

यसैगरी, संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टामा ६२ हजार चार सय ५२ नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै संक्रमितको कुल संख्या ८४ लाख ५६ हजार सात सय पाँच पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा एक हजार ५९ जना सङ्क्रमितले ज्यान गुमाएपछि ब्राजिलमा मृतक संक्रमितको कुल संख्या दुई लाख नौ हजार तीन सय ५० पुगेको वाल्डो मिटरले जनाएको छ । संक्रमितमध्ये ब्राजिलमा हालसम्म ७३ लाख ८८ हजार सात सय ८४ जना निको भएका छन् । हाल ब्राजिलमा आठ लाख ५८ हजार पाँच सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।