वासिङ्टन डीसीः अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना नियन्त्रणसम्बन्धी आफ्नो योजनाको ड्राफ्टमा हस्ताक्षर गरेका छन् । बाइडेन प्रशासनले कोरोना नियन्त्रणका लागि खोपको उत्पादन तथा परीक्षणलाई तीव्रता दिने योजना बनाएको छ ।

कोरोना नियन्त्रणका लागि विभिन्न दश योजना बनाएका बाइडेनले नियन्त्रणका लागि लामो समय लागे पनि जनताले एक भएर नियन्त्रणको लडाइ लड्नुपर्ने बताए । कोरोना नियन्त्रणमा ट्रम्प प्रशासनको चर्को आलोचना गरेका बाइडेनले आफ्ना योजनाले कोरोना नियन्त्रणमा सहयोग गर्ने विश्वास ब्यक्त गरे ।

अमेरिका कोरोनाको सबैभन्दा प्रभावित देश हो । त्यहाँ ४ लाखभन्दा धेरै मानिसको संक्रमणका कारण मृत्यु हुँदा २ करोड भन्दा धेरै मानिस संक्रमित भएका छन् । कोरोना नियन्त्रणका लागि आफूले लिएका योजनाबाट अमेरिका लाभान्वित हुने र संक्रमित तथा मृत्यु हुनेको सङ्ख्यामा आधा कमी आउने बाइडेनको विश्वास छ । -एजेन्सी