इटहरीः पृथ्वी पराजुलीलाई इटहरीमा पहिलो पटक क्याफे कल्चर भित्र्याउने व्यवसायीको रूपमा चिनिन्छ । युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको पेय पदार्थ ‘कफी’ धेरैको रोजाइको वस्तु बनेको छ । ३ वर्षअघि इटहरीको विराटनगर लाइनमा ‘क्याफे अपस्टेयर्स’ खोलेका उनले इटहरीको अत्याधुनिक कम्प्लेक्स ‘सेन्ट्रल प्लाजा’ मा नयाँ कफी जक्सन शुरु गरेका छन् ।

शनिबारदेखि सेवा सुचारु गरेको कफी सपले राम्रो प्रतिक्रिया बटुलिरहेको छ । आइतबार साँझ कफी गफमा पराजुलीले भने, ‘पारिवारिक वातावरण भएको स्थानमा कफी पारखीको लोभलाग्दो फिडब्याक आउन थालेको छ,’ उनले पहिलो क्याफेको स्थापना गर्भ पनि सुनाए, ‘क्याफे अपस्टेयर्स’ होटल मेनेजमेन्टका विद्यार्थीका लागि अभ्यास गर्ने थलोको रूपमा मात्र बनाइएको हो । पर्याप्त क्षेत्रफल पनि नभएको हुँदा यसले खासै व्यावसायिक रूप नलिएला भनेको राम्रो पो भयो ।’

zz3

सडक बिस्तारको क्रममा उक्त क्याफेमा समेत क्षति पुुग्ने देखिएको हुँदा सेन्ट्रल प्लाजाको सो क्याफेलाई विकल्पको रूपमा लिइएको छ । शुरुदेखि नै व्यावसायिक रूप धारण गरेको सो क्याफेमा स्वयम् पराजुली र अर्का व्यवसायी पर्शुुराम बुुढाथोकीको लगानी छ । करिब ४० लाखको लागतमा शुरु भएको ग्राउण्डस क्याफेमा कफीका विभिन्न आइटम र फास्टफुड पाइन्छ ।

IMG_3623

५ मिनेटभित्रमा ग्राहकलाई सेवा दिइसक्नु यो क्याफेको विशेषता भएको बताइएको छ । पिज्जाबाहेक अन्य परिकार २ मिनेटदेखि ५ मिनेटमा उपलब्ध गराइने उनले बताए । ‘सबैलाई समयको उत्तिकै महत्व छ । उक्त कुरा बुुझेर हामीले सक्दो चाँडो सर्भिस प्रदान गर्ने योजना बनाएका हाँै,’ अर्का सञ्चालक बुुढाथोकीले भने ।

zz1

छोटो अवधिमा ग्राहकको उपस्थिति देखेर उत्साहित भएको दुवै व्यवसायी बताउँछन् । इटहरीको मुख्य चोक नजिक रहेको उक्त क्याफेमा ग्राहकको घुइँचो लाग्ने निश्चित छ । ‘नेपालीको मुुख्य चाडपर्वको मुखैमा खुलेको क्याफेमा ग्राहकको घुइँचो त छ नै तर यो घुुइँचो सधैं होला कि नहोला भन्ने हल्का डर मनमा उब्जिएको पनि छ,’ पराजुलीले भने ।

IMG_3624