लण्डनः बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा पहिलो पटक पहिचान गरिएको कोरोनाको नयाँ स्वरुपको भाइरसका कारण मृत्युदर उच्च हुने बताएका छन् ।

उनले बेलायतमा प्रयोगमा आएका खोपको प्रभापकारीता भएपनि नयाँ स्वरुपको भाइरसको संक्रमण दर तीव्र रहेकाले मृत्युदर अझै बढ्नसक्ने चेतावनी दिएका हुन् । कोरोनाको नयाँ स्वरुपको भाइसको संक्रमण पहिलो पटक लण्डनमा देखा परेको थियो ।

दुवै प्रकारका संक्रमणका लागि खोपहरु प्रभावकारी भएपनि नयाँ स्वरुपको भाइरसको संक्रमण दर उच्च रहेकाले सतर्क रहन उनले आग्रह गरेका छन् । नयाँ स्वरुपको भाइरसको संक्रमणपछि प्रति एक सयमध्ये १४ जनासम्मको मृत्यु हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएको अन्तर्राष्ट्रिष्य सञ्चारमाध्यमहरुले जनाएका छन् । -एजेन्सी