इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ६७ हजार दुई सय दुई जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यससँगै विश्वमा संक्रमितको कुल संख्या १० करोड २५ लाख ८५ हजार दुई सय ९१ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । सो वेबसाइटका अनुसार २४ घण्टाको अवधिमा विश्वभर १४ हजार तीन सय ६८ जनाको ज्यान गएपछि मृतक सङ्क्रमितको कुल सङ्ख्या २२ लाख १४ हजार एक सय ६३ पुगेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर सात करोड ४२ लाख ८७ हजार दुई सय २८ जना कोरोनामुक्त भएका छन् । हाल विश्वमा कुल दुई करोड ६० लाख ८३ हजार नौ सय जनामा कोरोना भाइरस सक्रिय रहेको छ ।

कोरोना सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ५७ हजार दुई सय १९ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै संक्रमितको कुल संख्या दुई करोड ६४ लाख ९९ हजार चार सय ५६ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा अमेरिकाभर तीन हजार तीन सय १२ जनाले ज्यान गुमाएसँगै मृतक संक्रमितको कुल संख्या चार लाख ४७ हजार एक सय १९ पुगेको छ । अमेरिकामा फेला परेका संक्रमितमध्ये हालसम्म एक करोड ६१ लाख ८५ हजार एक सय ७८ जना कोरोनामुक्त भएका छन् । हाल अमेरिकामा कुल ९८ लाख ६७ हजार एक सय ५९ जनामा कोरोना भाइरस सक्रिय रहेको छ ।

कोरोना संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको मुलुक भारतमा पछिल्लो २४ घण्टामा १२ हजार पाँच सय १६ जना नयाँ संक्रमितको पहिचान भएपछि सङ्क्रमितको कुल सङ्ख्या एक करोड सात लाख ३३ हजार चार सय ८७ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा एक सय २९ जनाको ज्यान गएसँगै मृतक सङ्क्रमितको कुल सङ्ख्या एक लाख ५४ हजार एक सय ७६ पुगेको छ । भारतमा हालसम्म फेला परेका संक्रमितमध्ये एक करोड चार लाख सात हजार तीन सय ४३ जना कोरोनामुक्त भएका छन् । हाल भारतभर एक लाख ७१ हजार नौ सय ६८ जनामा संक्रमण सक्रिय रहेको छ ।

उता, कोरोनाबाट अतिप्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा ५८ हजार छ सय ९१ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै संक्रमितको कुल संख्या ९१ लाख १९ हजार चार सय ७७ पुगेको छ । ब्राजिलमा हालसम्म फेला परेका संक्रमितमध्ये ७९ लाख ६० हजार छ सय ४३ जना कोरोनामुक्त भएका छन् । हाल ब्राजिलभर नौ लाख ३६ हजार ५९ जनामा कोरोना भाइरस सक्रिय रहेको छ ।