रुसमा पहिलोपटक पोल्ट्रीबाट मान्छेमा ‘H5N8’ बर्डफ्लु स्ट्रेन’ सरेको घटना पत्ता लागेको छ ।

अधिकारीहरूका अनुसार देशको दक्षिणी क्षेत्रमा गत डिसेम्बरमा सुरु भएको प्रकोपपश्चात् उक्त पल्ट्रीमा काम गर्ने सात कामदार यसबाट संक्रमित भएका हुन् । रुसकी उपभोग्य स्वास्थ्य निरीक्षक एना पोपोभाले भनेकी छन्, “अहिले त्यहाँका सबै, सातैजना मान्छे बिरामी परेका छन् ।” उनका अनुसार संक्रमण फैलन नदिन तीव्र रुपमा सावधानीका उपाय अपनाइएको छ । यसमा मान्छेबाट मान्छेमा सर्न सक्ने संकेत भने देखापरेको छैन र विश्व स्वास्थ्य संगठनलाई पनि यसबारे जानकारी गराइसकेको उनले बताइन् । यसमा रुसको भेक्टोर ल्याबोरेटरीले गरेको यो खोज अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै उनले प्रशंसा गरेकी हुन् ।

हाल सो ल्याबमा त्यो ‘स्ट्रेनको जेनेटिक मटेरियल’ लाई संक्रमित कामदारहरूबाट आइसोलेट गरी राखिएको छ । उनले भनेकी छन्, “हामीले भाइरस मान्छेबाट मान्छेमा सर्न नसक्ने हुँदैखेरि यस प्रकारको परिमार्जन पत्ता लगाउनुले पूरै दुनियाँलाई यो विषयमा थप अध्ययन अनुसन्धान गर्ने अनि प्रतिक्रियाका लागि तयार रहन पर्याप्त समय दिलाएको छ ।” उनका अनुसार रुसी वैज्ञानिकहरूले अब यसलाई परीक्षण गर्ने सिस्टममा काम सुरु गर्न सक्नेछन् । बर्ड फ्लुका अन्य स्ट्रेन दुर्लभै मान्छेमा सर्ने गर्दछ र सरिहाल्यो भने चाहिँ मृत्यु समेत हुन सक्छ । तर ज्छल्ड स्ट्रेन मान्छेमा संक्रमण भएको यो पहिलो घटना हो । -बीबीसी