इटहरीः प्रदेश १ मा नै नयाँ प्रविधि र नयाँ भौतिक संरचनाका साथ स्थापना भएको ‘इपिल्याण्ड एण्ड वाटर पार्क’ सञ्चालनमा आएको छ ।

गत वर्षको चैतमा नै निर्माण सम्पन्न भएको यो पार्क कोरोना महामारीका कारण सञ्चालनमा आएको थिएन । अहिले कोरोना महामारी काम भएकाले पार्क सञ्चालनमा ल्याइएको इपिल्याण्ड एण्ड वाटर पार्कका अध्यक्ष भीमबहादुर पौडेलले जानकारी दिए । उनले सो पार्क फागुन १७ गते सांकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा समुद्घाटन गरिने जानकारी दिए । ‘विदेशका ठूला शहरहरुमा मात्र यस्ता पार्कहरु छन् । नेपालमा हामीले पहिलोपटक यो पार्क स्थापना गरेका छौँ । यहाँ स–परिवार घुम्न सकिने छ’, पौडेलले भने । प्रदेश १ का पर्यटकीय गन्तव्यका रुपमा रहेका क्षेत्रहरुमा जाँदा यो ठाउँ ट्रान्जिट पोइन्ट बन्ने उनको भनाइ छ । ‘इलाम र भेडेटारजस्ता पर्यटकीय क्षेत्रमा इटहरी भएर नै आन्तरिक तथा बाह्य पर्यटक जाने गर्दछन् ।

IMG_9338

 

यो ठाउँ ती पर्यटकीय क्षेत्रमा जानको लागि ट्रान्जिट पोइन्ट बन्नेछ । त्यसका साथै भेडेटारको चिसो मौसमको आनन्द उठाउन नसक्नेका लागि हामीले त्यहाँको चिसो मौसम यहीँ मिलाएका छौँ । यस्तै यहाँ हिउँमा खेल्न पनि पाइनेछ । जसले हिमालको आनन्द पनि उठाउन सकिन्छ’, पौडेलले जानकारी दिए । यसका साथै यहाँ आउने पर्यटकले समुद्रको छालको पनि मज्जा लिन सक्नेछ । त्यसको लागि यहाँ छुट्टै ‘वाटर वोएव पुल’ को पनि निर्माण गरिएको छ । ‘यहाँको पानी कतिको शुद्ध छ भनेर हामीले मापन तथा परीक्षण पनि गरिरहेका हुन्छौँ । विभिन्न ठाउँमा वाटर पार्कको पानी अशुद्ध भएको र त्यसले मृत्यु भएको घटना नभएका होइनन् । त्यसलाई न्यूनीकरण गर्न हामीले विशेष ध्यान दिएका छौँ । त्यसका साथै यहाँ आउने पर्यटकहरुबाट पनि विभिन्न फोहोर पानीमा मिसावट हुन्छ त्यसलाई पनि हामीले विशेष ध्यान दिएर नियामित ‘फिल्टर’ गर्छौँ’, पार्कका सञ्चालक जगतबहादुर बस्नेतले बताए । उनका अनुसर यहाँ समान्यले ७५० रुपैयाँ त्यस्तै विद्यार्थीहरुको लागि ६५० र बालबालिकाहरुको लागि ४०० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । त्यही शुल्कमा यहाँ भएका सम्पूर्ण ठाउँको अवलोकत गर्न पाइने उनले जानकारी दिए ।

 

IMG_9397 IMG_9365 IMG_9363 IMG_9349 IMG_9407