इटहरीः इटहरीमा एकदिने वृहत फुड फेष्टिबल आयोजना हुने भएको छ ।

जिल्ला होटल तथा पर्यटन संघ सुनसरीको आयोजना र प्रिमियर कलेज इटहरीको व्यवस्थापनमा “पर्यटन समृद्धिको आधार, पर्यटन पवद्र्धनमा हाम्रो प्रयास” भन्ने मुल नाराका साथ एकदिने फुड एण्ड बेभरेज मेला २०२१ हुने भएको हो । ‘घुमाँै पूर्व’ भन्ने उद्देश्यका साथ फागुन २९ गते शनिबार इटहरीे रगंशालामा मेला आयोजना हुन लागेको हिजो बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो । उक्त मेलामा बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित रियालिटि सो मास्टर सेफ प्रोफेसनल युकेका उपविजेता सेफ सन्तोष साहलगायत नेपालका आधा दर्जन कलाकारको सहभागिता रहने आयोजकको भनाइ रहेको छ ।

प्रदेश १ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैतको प्रमुख आतिथ्य रहने नेपाली संगीतिक क्षेत्रमा आफ्नो दमदार प्रस्तुति दिइरहेका गायक सुगम पोख्रेल, नेपाल आइडल सीजन ३ का रनरअप किरण भुजेल, एलिना चौहान, समीक्षा अधिकारी, ममता गरुङ्ग, गंगा गौतमको सांगितक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । मेलामा कमेडि च्याम्पियनका उपविजेता सुमन कोइराला (दले दाई ) को विशेष प्रस्तुति रहने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । यस फुड एण्ड बेभरेज मेलामा नेपाली खानाका परिकारलाई विशेष प्राथमिकता दिइनुका साथै इण्डियन, इटालियन, स्विस, मेक्सिकन र चाइनिज खानाहरु र सोही राष्ट्रका भेषभुषा र पहिचानसहित प्रवद्र्धन गरिनेछ । मेलामा एक जना बरावर रु १०० प्रवेश शुल्क लाग्नेछ । उक्त मेला आयोजनामा सातदेखि नौ लाख खर्च लाग्ने अनुमान रहेको आयोजकले जनाएको छ ।