पेरिसः फ्रान्समा कोरोना महामारीको तेश्रो लहर सुरु भएपछि एक महिनाका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

फ्रान्सका प्रधानमन्त्री जीन कैस्टेक्सले फ्रान्सका कोरोना महामारीको तेश्रो लहरका कारण संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि आज रातीदेखि लागु हुने गरी एक महिनाका लागि लकडाउन गर्ने घोषणा गरिएको बताएका छन् । जसअन्तर्गत राजधानी पेरिसलगायत अन्य १५ शहरमा कडा रुपमा लकडाउन हुने र तोकिएका शहरहरुको कुनै रेष्टुराँ, जीम हल, सिनेमा हल खुल्ने छैनन् भने फ्रान्सका नागरिक अर्को देशमा जान पाइने छैन ।

फ्रान्सका एकैदिन ३५ हजार संक्रमित थपिएपछि फ्रान्स सरकार लकडाउन गर्न बाध्य भएको हो । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले फ्रान्समा कोरोना संक्रमितमध्ये एकैदिन १५ सय जना गम्भीर बिरामी परेका कारण आइसियुमा उपचार भइरहेको जानकारी दिए । कोरोनाको तेश्रो लहर सुरु भएपछि युरोपका कतिपय राष्ट्रहरुले लकडाउनका घोषणा गरिसकेका छन् । -एजेन्सी