बेलबारीः मोरङको बेलबारी नगरपालिकाले लोपोन्मुख नौमति बाजाको संरक्षणसँगै यसलाई व्यावसायिक बनाउन थालेको छ ।

विभिन्न शुभ कार्यका शुभ साइतका रुपमा लिइने बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले पञ्चेबाजा खरिद गरी पञ्चेबाजा संरक्षण समिति बेलबारी ११ लाई हस्तान्तरण गरेको छ । बुधबार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले समितिलाई बाजा हस्तान्तरण गरेका हुन् । बाजा सञ्चालनका माध्यमबाट रोजगारीको सुजना गर्ने, युवा पुस्तालाई नौमति बाजा बजाउन प्रोत्सान गर्ने उद्देश्यले नौमति बाजा र पोसाक हस्तान्तरण गरिएको नगर प्रमुख्र सुवेदीले बताए । नौमति बाजाको संरक्षणबाट नगरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वाससमेत लिएको नगर प्रमुख सुवेदीको भनाइ छ ।

IMG_0067

 

नेपाली कला, सँस्कृति र प्राकृतिक दृष्यहरु हेर्नका लागि विदेशी पर्यटकहरु नेपाल आउने गर्दछन् । विशेषगरी नौमति बाजाको धुन पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । विवाह, उत्सवजस्ता शुभकार्यमा नौमति बाजा बजाउने गरिन्छ । दुई वटा नरसिंह, दुई वटा सनही, दुई वटा दमाहा, एउटा ढलकी, एउटा ट्याम्को र एउटा झ्याली र नौमति बजाउनेहरुलाई एक एक थान कपडा वितरण गरिएको छ । नौमति बाजा पाएको पञ्चेबाजा संरक्षण समितिले भने लोप हुँदै गएको सँस्कारको संरक्षणसँगै व्यावसायिक योजना बनाएर जाने बताएको छ । यसअघि परियार सेवा समाज बेलबारीलाई नगरपालिकाले नौमति बाजा दिएको थियो । उनीहरुले विवाह, ब्रतबन्ध पुराणजस्ता शुभ कार्यमा बजा बजाएर राम्रो आम्दानी गरिरहेका छन् ।

MVI_0039_Moment MVI_0057_Moment