ढाकाः बंगलादेशमा कोरोना संक्रमण बढदै गएकोले एक साताको लागि लकडाउन हुने भएको छ ।

बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसैनले एक साताको लागि सोमबार वा मंगलबारदेखि लकडाउन हुन सक्ने बताएका छन् । उनले भने,’ लकडाउनको औपचारिक घोषणा गर्न बाँकी समय भएकोले त्यसको तयारी गर्न समय दिएका छौ ।’ अर्का मन्त्रीले स्थानीय सञ्चार माध्यममा सोमबारदेखि लकडाउन हुने बताएका छन् । आपतकालीन सेवालाई निरन्तरता दिने मन्त्री हुसैनले बताए । पछिल्लो सातादेखि बंगलादेशमा तिव्र रुपमा संक्रमण बढिरहेको छ ।

संक्रमण २० प्रतिशतका दरले बढिरहेका छन्। शुक्रबार ३० जनाको परीक्षण गर्दा ६६ सयमा कोरोना पुष्टि भएको थियो । २४ घण्टामा कोभिड संक्रमणको कारण बंगलादेशमा ५० जनाको मृत्यु भएको हो । पछिल्लो समय कोरोना बढेसँगै तीन महिनासम्म लकडाउन भएको थियो। गत वर्ष अप्रिल २०२० मा लकडाउन भएको थियो । -एजेन्सी