तरहराः तरहरा जेसीजको आयोजनामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार बद्री भिखारीको प्रमुख आतिथ्यतामा जेसीज सप्ताहको चौथो दिन मङ्गलबार साहित्य गोष्ठी तथा रचना वाचन कार्यक्रमको आयोजना गरिएको थियो ।
भिखारीले आगामी दिनमा समेत जेसीजको आयोजनामा साहित्यिक कार्यक्रम हुनुपर्नेमा जोड दिए । कार्यक्रममा गजलकार टीका आत्रेय, कविद्वय सुदीप पाख्रिन र सन्तोष थेबेले जेसीजका विभिन्न कार्यक्रममध्ये साहित्यलाई पनि प्राथमिकता दिनु उदाहरणीय काम भएको बताउँदै आफ्ना सिर्जना वाचन गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका साहित्यकारले आफ्ना रचना वाचन गरेका थिए । रचना वाचन गर्नेमा दिलकुमार वन, टीका मिलन, राज आशातीत, जीपी तिवारी, भवानी नेपाल, नवराज मैनाली, विनय सरगम, विशाल विमर्श, प्रो निफोलीले आफ्ना रचना वाचन गरेका थिए । गौतम सिएम, विकेश कविन, किरण रमिन चौलागाईँ, भरत दाहाल, सुधिर केसी, मनु संकल्प, बिना भुजेल (पराजुली), मेनुका गिरी, भुवन आचार्य, अन्जान रबि लगायतले आफ्ना सिर्जना वाचन गरेका थिए ।
मुल संयोजक रीता भुषालले जेसीजले प्रत्येक वर्ष साहित्यको उत्थानका लागि कार्यक्रम गर्दै जाने बताइन् । महासचिव विकास वनको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता तरहरा जेसीजको वर्ष २०१८ का अध्यक्ष निरकाजी गिरी (शेखर) ले गरेका थिए । साहित्य क्षेत्रको विकास र प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
कार्यक्रम संयोजक शम्भु घिमिरेले साहित्य देशको मेरुदण्ड भएको र देशमा साहित्यको माध्यमबाट परिवर्तन गर्न सकिने भन्दै धन्यवाद मन्तव्य राखे । कार्यक्रम सह–संयोजक विवेक विवश रेग्मीले तरहरा जेसीजले साहित्यको जगेर्ना र उत्थानका लागि कार्यक्रम गरेको र आगामी दिनमा पनि साहित्यिक कार्यक्रमको आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार बुधबार जेसीज र पत्रकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुनेछ ।