इटहरीः नयाँ वर्षको अवसरमा गुफा पोखरी समाज काठमाडौंले पर्यटन प्रवद्र्धनका लागि प्रयासस्वरुप वनभोज आयोजना गरेको छ ।

बुधबार काभ्रेपलाञ्चोकको नमोबुद्धमा भएको कार्यक्रममा ताप्लेजुङको पर्यटकीय क्षेत्र गुफा पोखरीको प्रवद्र्धनका लागि काठमाडौँमा रहेका गुफापोखरी गुराँसको राजधानी टिएमजी क्षेत्रका बासिन्दाले एक भएर लाग्नुपर्नेमा जोड दिए । संखुवासभा, ताप्लेजुब र तेह्रथुम जिल्लाको सङ्गमस्थलमा अवस्थित गुफा पोखरी लगायत जिल्लाका प्रसिद्ध स्थलहरुको प्रचारप्रसारका साथै व्यवस्थित तरिकाले पर्यटक भित्र्याउने र विकसित समाज निर्माण गर्ने उद्देश्यले समाज स्थापना गरिएको समाजका अध्यक्ष दिनेशचन्द्र खनालले बताए । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमणका कारण पर्यटकको संख्यामा कमी आए पनि दीर्घकालीन सोचका साथ प्रवद्र्धनका लागि राजधानीमा रहेका गुफापोखरीवासी एकजुट भएको समाजले जनाएको छ ।

gupha pokhari 1

कार्यक्रममा बोल्ने वक्ताले आफ्नो परम्परागत सँस्कृति र पर्यटकीय क्षेत्रको विकासमा लागि प्रतिबद्धता जनाएका थिए । विभिन्न सम्प्रदाय (राई, भोटे, क्षेत्री, शेर्पा) का करिब १५० जनाको सहभागिता रहेको कार्यक्रममा जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, लालीगुराँस समूहका अध्यक्ष कान्छा भोटे, ताप्केगोला समाजका महासचिव दावासाब्वु शेर्पा, समाजसेवी एनडी शेर्पा (नावाब दोर्जी)लगायतको उपस्थिति रहेको थियो । टोलीले नमोबुद्ध परिदर्शन गर्दै रचनात्मक प्रतियोगितासमेत गरेको थियो ।