भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले एक साताका लागि लकडाउन घोषणा गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए । उनले सबै परिस्थितिको अनुगमन गरेर सरकारले ६ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको बताए । यो छोटो अवधिको लकडाउन रहेको र बढ्ने सम्भावना निकै कम रहेको मुख्यमन्त्री केजरीवालको भनाइ छ ।
गरिबहरूका लागि लकडाउनको समय निकै कठिन हुने थाहा हुँदै–हुँदै संक्रमण नियन्त्रणका लागि बाध्य भएर निर्णय लिनु परेको केजरीवालले बताए । लकडाउनको अवधिमा बेडको व्यवस्था ठूलो स्तरमा गर्ने पनि उहाँको भनाइ छ । लकडाउनको अवधिमा अत्यावश्यक सेवा भने सुचारु रहने जनाइएको छ । -एजेन्सी