भारतमा कोरोना भाइरस संकट निम्तिएपछि पाकिस्तानी एधि च्यारिटी फाउण्डेसनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

फाउण्डेसनले भारत सरकारलाई आफ्नो सहयोग स्विकार गर्न पत्र लेखेको छ । यो संकटसँग सामना गर्न फाउण्डेसनले भारतलाई सहयोग गर्ने प्रतिबद्धता सहितको एक पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको जनाएको छ । फाउण्डेसनका प्रबन्ध निर्देशक न्यासी फैसलले शुक्रबार आफुहरुले एक पत्र प्रधानमन्त्रीलाई लेखेको बताएका छन् । ’हामी भारतमा कोरोनाले निम्त्याएको संकटलाई लिएर दुःखी छौं । भारतमा भइरहेको संकटलाई न्यूनीकरणका चिकित्सक र बेडसहित ५० वटा एम्बुलेन्स प्रदान गर्न चाहन्छौं’, पत्रमा लेखिएको छ । फाउण्डेसनले भारतमा प्रवेश गरी स्थानीय अधिकारीसँग समन्वय गर्न प्रधानमन्त्रीसँग अनुमति मागेको छ ।

तर, भारत सरकारले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । पाकिस्तानले भने भारतमा बढ्दो कोरोना संकटलाई मध्येनजर गर्दै भारत यात्रामा प्रतिबन्ध लगाएको छ । भारतमा दोस्रो लहरको कोरोना कारण अस्पताल भरिएका छन् । अस्पतालमा अक्सिजनको कमि भएपछि पाकिस्तानका ट्विटर प्रयोगकर्ताले ट्विटरमा ३क्ष्लमष्बलीष्खभकःबततभच र ३क्ष्लमष्बल्भभमकइहथनभल ट्रेण्ड चलाएका छन् । कोरोना कारण भारतको स्वास्थ्य स्थिति नाजुक स्थितिमा पुगेको छ । शुक्रबार मात्र भारतमा ३ लाख ३२ हजार ७ सय ३० कोरोना संक्रमित थपिएका छन्। जसमा २ हजार २ सय ६३ जनाको मृत्यु भएको छ । सन् १९४७ देखि भारत पाकिस्तानबीच सम्बन्धमा दरार सुरु भएको थियो । दुई देशबीच तीन पटक युद्ध भइसकेको छ । फाउण्डेसनको प्रस्तावलाई लिएर दुई देशबीचको सम्बन्धलाई भने थप मजबुत बनाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । -एजेन्सी