इटहरीः “सँस्कार सहितको सीपयुक्त शिक्षा, आजको आवश्यकता” भन्ने मुल नाराका साथ जीवनोपयोगी सीपका माध्यमबाट युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले २०६८ सालदेखि सुनसरीको इटहरीमा नेपाल सरकारद्वारा मान्यताप्राप्त प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सीटीइभीटी ) को सम्बन्धनमा आर टि आर के इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एन्ड टुरिजमले होटल इन्डस्ट्रि तथा टुरिजम टुरिजम इन्डष्ट्रिसँग सम्बन्धित तालिमहरु सञ्चालन गर्नुका साथै टुरिजममा आधारित कृयाकलाप गर्दै आइरहेको छ ।

rtrk7

आर टि आर के ले छोटा अवधिका तालिमहरु ३ महिने जनरल कुक, छ महिने कमर्सियल कुक एन्ड बेकरी, वेटर वेट्रेस, बेकरी, बार टेन्डर, स्पेसल सुसी तथा नान तन्दुरी र हाउस किपिङजस्ता तालिमहरु सञ्चालन गरिरहेको छ । यहाँ अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग टेक्निकल कोलाबोरेसन गरी डिप्लोमा तहका प्रोफेसनल डिप्लोमा इन होटल म्यानेजमेन्ट र प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्ट्ससमेत सञ्चालन भइरहेको छ । विद्यार्थीले तालिमपश्चात स्वदेश तथा विदेशका फाइभस्टार प्रोपर्टिमा इन्टर्न र जब प्लेस्मेन्टको मौका पनि पाइरहेका छन् । विद्यार्थीहरुलाई व्यावहारिक बनाउनका निमित्त आर टि आर के ले समय समयमा इन्टर कलेज सेफ कम्पिटिसन पनि गर्ने गरेको छ । यस्ता कार्यक्रमले प्रेरित भई इन्डस्ट्रिमा प्रोफेसनल्ली काम गर्न विद्यार्थी हरुलाई प्रोत्सान हुने स्कुलको विश्वास रहेको छ । यसै क्रममा आर टि आर केद्वारा गत वैशाख १७ गते आर टि आर के इन्टरकलेज सेफ कम्पिटिसनको आयोजना गरिएको थियो । उक्त सेफ कम्पिटिसनका निर्णयकमा कर्पोरेट मास्टरसेफ साइकुमार शर्मा, आर टि आर के एम। डि ÷ फाउन्डर सेफ प्रेम तुम्बापो र सेफ तोम खनाल रहेका थिए । कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनअजर गर्दै नेपाल सरकारको मापदण्डमा रही चरणबद्ध रुपमा सिमीत विद्यार्थीहरुलाई सहभागी गराई सेफ कम्पिटिसनको आयोजना गरिएको थियो ।

rtrk6

 

पहिलो चरणको सेफ कम्पिटिसनमा टिकाराम चौधरी, समिर लिम्बू र शैलेन्द्र राईले भाग लिएका थिए । प्रतियोगी सैलेन्द्र राईले भैंसीको मासु ग्रेभीको साथमा भात र सलाद गरी मेन कोर्सको रुपमा तयार गरेका थिए । अर्का प्रतियोगी टिकाराम चौधरीले मलेसियन स्टायल नासी गोरेङ ममक तयार गरेका थिए भने समिर लिम्बूले इन्डो चाइनिज स्टार्टरका रुपमा चिकेन चिल्ली तयार गरी जजसमक्ष प्रस्तुत गरेका थिए । निर्णायकहरुले खानाको लुक, टेस्ट, टेक्स्चर, स्मेल, कुकिङ टेक्निक, हाइजिन ओभरल रुपमा जज गरी प्रतियोगी शैलेन्द्र राईलाई विजेता घोषित गरेका थिए । “आर टि आर के इन्टरकलेज सेफ कम्पिटिसन” विजेता शैलेन्द्र राईलाई आर टि आर के एम। डि ÷ फाउन्डर सेफ प्रेम तुम्बापो र निर्णायक कर्पोरेट मास्टरसेफ साइकुमार शमाद्वारा संयुक्त रुपमा मेडल र प्रमाणपत्रका साथै खादा ओढाई सम्मान गरिएको थियो । प्रतिस्पर्धी सहभागी समिर लिम्बू र टिकाराम चौधरीलाई पनि खादा ओढाई प्रमाणपत्र दिई सम्मान गरिएको थियो । यसै कार्यक्रममा कर्पोरेट मास्टरसेफ साइकुमार शर्माद्वारा “वल्र्ड सेफ चोइज फेडेरेसन इन्टरनेशनल सम्मान पत्र“ ले आर टि आर के कलिनरी विद्याथी हरुलाई सम्मान गरेका थिए ।

rtrk5

 

“आर टि आर के इन्टरकलेज सेफ कम्पिटिसन“ निर्णायक कर्पोरेट मास्टरसेफ साइकुमार शर्मा र सेफ टोम खनाललाई आर टि आर के होटल स्कुलकी एकेडेमिक डाइरेक्टर श्रीमति रचना थापाले स्वागत तथा आर टि आर के होटल स्कुलको तर्फबाट “आर टि आर के इन्टरकलेज सेफ कम्पिटिसन“ प्रमाणपत्र मायाको चिनोस्वरुप प्रदान गरी सम्मान गरेकी थिइन् । आर टि आर के एम.डि ÷ फाउन्डर सेफ प्रेम तुम्बापोले यस्ता प्रतिस्पर्धामत्क अतिरिक्त कृयाकलापले विद्यार्थीहरुमा क्षमता तथा सीपको विकास हुनुका साथै व्यक्तित्वमा सुधार आई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आफूलाई प्रदर्शन गर्न टेवा पुग्ने बताउँँदै सहभागीहरु सबैमा उज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।

rtrk1 rtrk2 rtrk3 rtrk4