इटहरीः आज दिउँसो साढे २ बजे भारतीय भूमि बथनाहादेखि विराटनगर–१८ को भेडियारीसम्म रेल चलेको छ । ८ किलोमिटर दूरी पार गरेर आएको सो रेलमा १३१०२ डब्लुडिजी ३ ए नम्बर भएको इन्जिन कुदाइएको थियो ।

यसलाई नेपाली मिडियाले जनकपुरपछि कुदेको दोस्रो रेल भनेर व्याख्या गरेका छन् । तर, यो रेल नेपालको दोस्रो नभएर प्रदेशकै दोस्रो रेल हो ।

कोशी ब्यारेज बनाउन आवश्यक ढुङ्गा बोक्न धरानदेखि सप्तरी र सुनसरी जोड्ने कोशी ब्यारेजसम्म रेल चलेको थियो । २०११ सालमा भएको नेपाल र भारतबीचको कोशी सम्झौतापछि २०१६ देखि २०४० सम्म ४७ किलोमिरटको दूरीमा सो रेल चलेको थियो । यी हुन् प्रदेश १ मा चलेर हाल अस्तित्वमा पनि नरहेका पहिलो रेलवेका पाँच तस्बिरः

तस्बिर सौजन्यः पत्रकार केशव घिमिरे

FB_IMG_15413402979641940-1 copy FB_IMG_15413403078518684-1 copy FB_IMG_15413403125419082-1 copy FB_IMG_15413403168923353-1 copy