तस्बिर साैजन्यः काैशल निराैला

विराटनगरः अाइतवार विराटनगरमा १ सय मिटर अग्लाे भ्यू टावरकाे शिलन्यास भयाे । यति अग्लाे टावरकाे अवश्यकता र विशेषता बारे टीक टिप्पणी भए । संघीय तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डित सहित प्रदेश १ का कार्यवहाक मुख्यमन्त्री हिकमत कार्की, सामाजिक  विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले साे टावरकाे संयुक्त रूपमा शिलन्यास गरे ।

विराटनगर–३ आयल निगम छेउमा रहेको एक बिगाहा सात कट्ठा क्षेत्रफलकाे जमिनमा टावर निर्माणका लागि स्थानिय सिलतु राजवंशीले निशुल्क प्रदान गरेका हुन । जग्गामा संग्रहालयसहित अत्याधुनिक भवन बनाइने बताइएकाे छ । संघिय सरकार, प्रदेश सरकार, महानगरपालिका र निजि क्षेत्रकाे सहयाेगमा बन्ने टवरकाे उचार्इ मात्र १ सय १० मिटर अग्लाे हुने महानगरका मेयर भिम पराजुलीले जानकारी दिएका छन् 

टावरमा अाधुनिक कम्प्लेक्स, रेष्टुरेन्ट, डिपार्टमेन्ट, रिक्रियसन सेन्टर, प्रदर्शनीस्थलका साथै पहिलाे तलामा राजवंशी संग्रहालय रहने बताइएकाे छ । मन्त्री लालबाबु पण्डितले साहुिक संकल्पले ठुला ठुला काम हुने भन्दै अवराेधलाइ पार गरेर जाने बताएका छन् ।

टावर निर्माणका लागि विराटनगर उद्याेगी व्यवसायीले पनि साथ दिने बताएका छन् । महानगरकाअनुसार यसकाे विस्तृत परियाेजना रिपाेर्ट बनाउन करिब ५० लाख खर्च लाग्ने भन्दै उक्त बजेट छुट्याइ सकेकाे छ ।