नउने दिदी भाइलाई भनी तिहारमा त्यो माला,
सम्झेर रौली दुःख है मान्दै, आफूलाई सम्हाल

सयपत्री फूल, गोदावरी फूल, आपसमा हाँँस्दा हुन्
सियो र धागो भेट हुने आशमा,खुशीले नाच्दा हुन्

यो सालको तिहार दिदी र भाइको,भेट हुन जुरेन,
निम्तो त दियौ के भनी बुझाऊँ शब्द क्यै फुरेन

यथार्थ यही हो, परिस्थिति नै हो, समय छिटो भो,
दिदीको हात, भाइको माथ, यो निधार रित्तो भो

गर्दछ प्रश्न गलाले प्वाक्क, मखमली माला खै
ईश्वर बोल्छ दिदीकोे आशिष, विजयी स्वरूप है

भुल रै’छ जीवन भुलैमा जिउँछु रमाउँछु भुलैमा,
फूल रै’छ तिहार फूलैमा आउँछ, गइदिन्छ फूलैमा


सुन्दरहरैंचा
हालः साउदी अरब