इटहरी / प्रदेश नम्बर १ का सांसदहरूले प्रदेशको ठूलो नदी सप्तकोशीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न जोड दिएका छन् । इटहरीको रिभर डिप ¥याफ्टिङमार्फत् बुधबार सप्तकोशीमा जलविहार (¥याफ्टिङ) गएका प्रदेश एकका सांसदहरूले अथाह जलपर्यटनको सम्भावना भए पनि ओझेलमा परेको भन्दै यसको उचित प्रचारप्रसार र बजारीकरणको आवश्यकता रहेको औँल्याएका हुन् ।
बुधबार सप्तकोशीको चतराघाट नजिकबाट कोशी टप्पु क्षेत्रसम्म जलयात्रामा निस्किएका प्रदेश १ का सांसदले जलयात्राको प्रचारप्रसारको आवश्यकता औँल्याएका हुन् । सुनसरीका प्रदेश सांसद सर्वध्वज साँवाले पर्यटनको विकासले मात्र प्रदेशको विकास सम्भव रहेको भन्दै सरकारले यसको उचित प्रचार र सम्बद्र्धनमा जोड दिनुुपर्ने बताए ।
‘हामीसँग अथाह सम्भावना रहेको छ’, उनले भने, ‘सरकारले यसको विकास र प्रवद्र्धनमा जोड दिने सके प्रदेश १ उत्कृष्ट प्रदेश हुुनेछ ।’ उनले जलपर्यटन प्रदेश एकको सर्वोत्कृष्ट माध्यम रहेको भन्दै यसमा लागि पर्ने संस्थालाई सहयोग गर्नुुपर्नेमा जोड दिए ।
त्यस्तै, अर्का प्रदेश सांसद लीलम बस्नेतले पर्यटकीय सम्भावनालाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले छिमेकी मुलुक भारतका विहार र पश्चिम बंगालका जनतालाई मात्र आकर्षित गर्न सके भारतीय रुपैयाँ भित्र्याउन सक्ने भन्दै प्रदेशको ध्यान सोतर्फ आकर्षित गर्न जोड दिने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश १ भित्र रहेका अन्य जलपर्यटनका सम्भाव्य क्षेत्रलाई उजागर गर्न आफू लागि पर्ने स्पष्ट पारे ।
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशभित्र रहेका सम्भाव्य क्षेत्रलाई उजागर गर्ने प्रदेश सरकारको रणनीति रहेको बताए । उनले जलविहार यस क्षेत्रको पर्यटन भित्र्याउने प्रशस्त आधार रहेको भन्दै यसको विस्तार र विकासका लागि प्रदेश सरकार लागि पर्ने बताए ।
बुधवार रिभर डिप ¥याफ्टिङ कम्पनीले प्रदेशका विभिन्न क्षेत्रका सांसदलाई ¥याफ्टिङ गराएको थियो । सिसौली घाटसम्म ¥याफ्टिङ गरेका थिए । ¥याफ्टिङ गर्ने सांसदहरूले ¥याफ्टिङलाई व्यवसायिक बनाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । सांसदहरूले प्रदेशको आर्थिक समृद्धिमा पर्यटनलाई जोड दिइएको भन्दै त्यसका लागि ¥याफ्टिङ भरपर्दो आयस्रोत हुन सक्ने बताए ।
बिहीबार प्रदेश १ का मुुख्य मन्त्री शेरधन राई लगायत प्रदेश १ का मन्त्रीले जलविहार गर्दैछन् । प्रदेशभित्र रहेको सम्भाव्य पर्यटकीय क्षेत्रको अध्ययन गरी नीति निर्माणमा लाग्ने प्रदेश सरकारको तयारी रहेको बुुझिएको छ । योसँगै सप्तकोशीको सम्भाव्य जलविहारलाई व्यवहारमा लागू गर्न पनि प्रदेश सरकार तयार रहेको बुझिएको छ ।