इटहरीः १५ साउनसम्म फारम भर्ने मिति तोकिएको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को फारम भर्ने समय दुई साता थपिएको छ ।

अवार्ड आगामी भदौमा आयोजना हुनेछ । यो अवार्डको लागि गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघू चलचित्र, फेशन, मोडलिङ, सामाजिक अभियानजस्ता विधामा प्रतियोगीले फारम भर्न सक्ने छन् । अब यो अवार्डका लागि २८ साउनसम्म फारम भर्न पाउने आयोजक संस्था क्लालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताएका छन् । क्वालिटी फिल्मस्का अध्यक्ष गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवर्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताएका छन् । क्वालिटी फिल्मस्का तर्फबाट ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ आयोजना गरिने तयारी भइरहेको पनि उनले बताए । सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ यो अवार्ड आयोजना हुन लागेको हो ।

यसअघि निषेधाज्ञाका कारण धेरैले समयमै फारम भर्न नपाएको गुनासो गरेपछि समय थपिएको पनि उनले बताए । यो अवार्डको लागि २०७६ वैशाख १ बाट २०७८ असार मसान्तसम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघू चलचित्र फेशन कार्यक्रम, मोडलिङ जस्ता विधाले भाग लिन पाउने छन् । यस इन्टररटेनमेन्ट अवार्डअन्तर्गत गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघू चलचित्र, फेशन, मोडलिङ, सामाजिक अभियानजस्ता विविध विधामा अवार्ड प्रदान गरिने पनि क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङले बताएका छन् । अवार्डको फारम २८ साउनसम्म बुझाइसक्नुपर्ने र त्यसपछि चाँडोभन्दा चाँडो अवार्ड आयोजना गरिने पनि अध्यक्ष गुरुङले जानकारी गराएका छन् । अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिने छ ।

गीत संगीततर्फ, गायिक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई यो अवार्ड प्रदान गरिने छ । यस्तै चलचित्र विधाको पनि गीत संगीत, स्कृप्ट, अभिनय, निर्देशनजस्ता विधामा अवार्ड प्रदान गरिने छ । फेशन विधामा फेशन स्टाइल, कस्ट्युम डिजाइनजस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ । यी विधामा डायस्पोरातर्फ पनि अवार्ड प्रदान गरिने भएको छ । विगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मस् प्रा.लि.ले अब यो क्षेत्रको विकास र प्रोत्साहनका लागि अवार्ड आयोजना गर्न लागेको हो ।