धनकुटाः एशियामै पहिलो पटक धनकुटामा एभोकाडो महोत्सव शुरु भएको छ । धनकुटा नगरपालिकाको आयोजनामा एशियामा पहिलो पटक र विश्वमै दोस्रो पटक यो महोत्सव भएको नगरको दाबी छ ।
कृषि विज्ञ जीवन राईले धनकुटामा यसको अत्यन्त धेरै सम्भावना भएको बताए । ‘उच्च आम्दानीको लागि एभोकाडोको धेरै सम्भावना छ’, उनले भने, ‘धनकुटाले नेपालमा नेतृत्व गर्न सक्छ किनभने यहाँको हावापानी एभोकाडोमैत्री छ ।’
महोत्सवमा २ दर्जन एभोकाडो स्टल रहेका छन् ।
हेर्नुहोस् तस्बिरहरूः