इटहरीः प्रदेश १ को हब सिटीको रूपमा रहेको इटहरीमा नयाँ पर्यटक क्लासको होटल सञ्चालनमा आएको छ । यही मंसिर ७ गतेबाट खुकुरी होटल सञ्चालनमा आएको हो ।

जीवन शेर्मा लिम्बू र जय निङ्लेकुको स्वामित्वमा रहेको खुकुरी होटल इटहरी–६ आइतबारेमा मनशान्त होटल अगाडि रहेको छ । होटलले औसत, मध्यमदेखि उच्च आय भएका सबैलाई लक्षित गरेर कोठा बनाएको सञ्चालक जीवन शेर्मा बताउँछन् । १४ वटा कोठामा एउटा सुपर डिलक्ससहित ६ वटा कोठामा एसीसहितका अत्याधुनिक सुविधा रहेको शेर्माले बताए । यस्तै, हरेक रुममा ट्वाइलेट र बाथरुमको सुविधा भएको शेर्मा बताउँछन् ।

IMG_5950

उनी भन्छन्, ‘हामीसँग साधारण कोठादेखि लक्जरी डिलक्स स्वीट कोठा पनि छन् । इटहरीमा आएका पर्यटकलाई लक्षित गरेर यस्तो होटल सञ्चालन गरिएको हो ।’

वाइफाइ र पार्किङको सुविधा भएको होटलमा नेपाली र विदेशी परिकार पाइने शेर्मा बताउँछन् ।

IMG_5922