इटहरीः स्थानीय प्रशासनले स्थानीय निकायको निर्वाचनका लागि मौन अवधि सुरु हुने बैशाख २७ गते राती १२ बजेदेखि भारतसँग जोडिएका सम्पुर्ण सिमा नाकाबाट आवाजजावत बन्द गर्ने भएको छ ।

जिल्ला प्रसाशन कार्यलय सुनसरीले आइतबार एक सुचना जारी गर्दै मौन अवधि सुरु हुने बैशाख २७ गते राती १२ बजे देखि मतदान हुने दिन बैशाख ३० गते रातको १२ बजे सम्म सुनसरी जिल्ला छोएका सम्पुर्ण सिमा नाका बन्द हुने जनाएको हो ।

आसन्न स्थानीय निकायको निर्वाचनलाई निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुनसरी जिल्ला छोएका सम्पुर्ण सिमा नाका बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा जारी सुचनामा बताइएको छ ।

278965112_1046810149522250_1151707698473549599_n