शब्द र तस्बिरः विनय बाह्रकोटी
धरानः बालाचतुर्दशीको अवसरमा आज बिहानै देशभरका शिवालयमा शतबीज छर्ने भक्तको घुइँचोे छ ।
बालाचतुर्दशीका दिन शतबीज छर्नको लागि भक्तजन शिवालय आउने गर्छन् । आज छरेको अन्न पितृहरूले पाउने र पितृ भोको नरहने धार्मिक बिश्वास रहेको पाइन्छ । त्यस्तै यस समयमा छरेको बीउ जाडो मौसममा नबिग्रने र बर्खा लागेपछि उम्रने र अन्न उत्पादन हुने भएकाले अनिकाल लाग्दैन भन्ने विश्वास पनि पाइन्छ ।
आज छरेको बिउमा कीरा लाग्दैन भन्ने मान्यता राखिन्छ । शतबीजको अर्थ सय थरीका बिउ भए पनि पछिल्लो समयमा सप्तबीज अर्थात् सात प्रकारका बीउ छर्ने प्रचलन रहेको छ । हेर्नुहोस् धरानको पिण्डेश्वरमा शतबीज छर्ने दर्शनार्थीको भीड ।