इनरुवा: नेपाली काग्रेसका इनरुवा सचिव राकेश निरौलाले पार्टी परित्याग गरेका छन् ।

संघीय नेताहरुले स्थानीय क्षेत्रका नेताकार्यकर्ताहरुलाई पार्टीमा उचित स्थान नदिएको तथा जनताका समस्या लिएर जाँदासमेत उपेक्षा गरेकाले पार्टी परित्याग गरेको निरौलाले बताएका छन् । उनले नेपाली कांग्रेसको सबै जिम्मेवारी परित्याग गरेको र अब स्वतन्त्र नागरिकका रुपमा रहने सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका छन् ।

१४ महाधिवेशनबाट इनरुवा नगर कार्य समितिको सचिवमा निर्वाचित भएका उनले सुनसरीको पार्टी नेतृत्वले २ नम्बर निर्वाचन क्षेत्रका मतदाता रहेका कार्यकर्ताबाहेक अन्य निर्वाचन क्षेत्रका कार्यकर्तालाई विभेदपूर्ण व्यवहार गरी उपेक्षा गर्ने गरेका कारण पार्टीबाट अलग भएको बताए ।

निरौलाले काग्रेस सुनसरीमा सवैजसो नेताहरु सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने भएकाले अन्य निर्वाचन क्षेत्रका कार्यकर्ताले कुनै स्थान नपाउने भएपछि पार्टी परित्याग गर्ने निर्णयमा आफू पुगेको बताए ।

292016858_5259186074196249_2274306803129894953_n