इटहरीः इटहरीमा रहेको नीभ सेक्युरिटिज प्रालिले सेयरबजारका लगानीकर्ताका लागि लगानी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो सेक्युरिटिजका नायब कार्यकारी प्रमुख अधिकृत आनन्दकुमार भट्टराईले लगानीकर्तालाई सेयर लगानीका विविध पक्षका बारेमा जानकारी गराएका थिए ।

इटहरीमा भएको सो कार्यक्रममा भट्टराईले यस्ता कार्यक्रम देशभर सञ्चालन गरिनुपर्ने बताए । सरकारले र ब्रोकर कम्पनीले मिलेर यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । यस्ता कार्यक्रमले अलमलमा परेका लगानीकर्तामा सचेतना आउने बताए । सेयर बजारको बारेमा स्वनिर्णय लिन सक्ने लगानीकर्ता नभएसम्म सेयरबजार अन्योलमा रहने र बजारमा तीव्र उतारचढाव हुने उनले बताए ।

कार्यक्रममा भट्टराईले श्रव्यदृश्यको माध्यमबाट सेयरबजारको प्राविधिक पक्षको जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित सहभागीले सोधेका जिज्ञासाको जवाफ पनि उनले दिएका थिए । भट्टराई अर्थमन्त्रालयबाट हालै अवकाशप्राप्त उपसचिव हुन् । कार्यक्रममा ७० जनाभन्दा बढी लगानीकर्ता उपस्थित भएको नीभको इटहरी शाखा प्रमुख योगेन्द्र पौडेलले बताए ।

neev sachetana pgm itahari  (7) 2

neev sachetana pgm itahari  (6) 2