बराहक्षेत्रः कोरोना कहरका कारण विगत दुई वर्षदेखि लाग्न नसकेको बोलबम मेला यस पटकदेखि पुनः सञ्चालन हुने भएको छ ।
आज (शुक्रबार) बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीको संयोजकत्वमा चतरा बोलबम मेला मुल आयोजक समिति गठन गर्दै मेला लाग्ने जानकारी दिइएको हो ।
हाटखोलास्थित १ नम्बर वडाको कार्यालयमा सम्पन्न भेलाले ११ वटा उपसमितिहरूसमेत गठन गरेको छ । प्रत्येक वर्षको श्रावण महिनामा बोलबम जाने तिर्थयात्रीहरू खाली खुट्टा चतरास्थित सप्तकोसीको जल बोकी धरानको पिण्डेश्वरधाममा चढाउने गर्दछन् । बोलबमका लागि यहाँ वर्षेनी हजारौँको संख्यामा नेपालका अधिकांश जिल्लासहित छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेको बताइन्छ ।