इटहरीः व्यवस्थापन संकायका विभिन्न व्यावसायिक सीपयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरीमा सञ्चालित स्किल क्याम्पसले विभिन्न विधाको अध्ययन पूरा गरेका विद्यार्थीहरुको बिदाइ तथा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

इटहरीको रोयल रिसोर्टमा आयोजित विशेष समारोहका बीच क्याम्पसले प्रदेश नम्बर १ को होटल तथा पर्यटन क्षेत्रमा योगदान गर्ने आधा दर्जन व्यक्ति तथा सँस्थालाई सम्मानसमेत गरेको सँस्थाका प्रबन्ध निर्देशक तथा कार्यकारी अधिकृत प्रज्वल पराजुलीले जानकारी दिए । उनका अनुसार स्कुलले होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत सास्तम कलेज विराटनगर, युएन कलेज धरान, सेच्छा हस्पिटालिटि धरान, प्राइड हस्पिटालिटि सोलुसन इटहरी र पर्यटन, कुटनीति र पर्यावरण क्षेत्रलाई मुल विषय बनाई पत्रकारिता गरिरहेका  पत्रकार विराट अनुपमका साथै इटहरीका पर्यटनकर्मी कृष्ण शाहलाई हस्पिटालिटि अवार्ड २०७९ बाट सम्मान गरेको हो ।

295852709_1236488293764982_352087115041089632_n

सन् २०१५ मा स्थापित क्याम्पसले विश्व पर्यटन तथा होटल व्यवस्थापनको क्षेत्रमा अवनरत रुपले सक्रिय रही गुणस्तरीय शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्दै समाजमा हस्पिटालिटि अध्ययनको जग बसाउनमा महत्वपूर्ण योगदान गरेको सीईओ पराजुलीले उल्लेख गरे । प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व सँस्थाका प्रमुख कार्यकारी अधिकृत पृथ्वीराज पराजुलीले गरेका थिए ।

295740109_1236488247098320_6097508364021127837_n

कार्यक्रमको विशिष्ट अतिथिका रुपमा नागरिक समाजका अध्यक्ष राजु केसी तथा होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीको उपस्थिति थियो । क्याम्पसका व्यवस्थापन प्रमुख डेनी खत्रीले संयोजन गरेको कार्यक्रममा प्रबन्ध निर्देशक पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सबिना बान्तवा राईले गरेकी थिइन् ।