इटहरीः एसईई सकाएपछि के पढ्ने ?कहाँ जाने ? सबैले डाक्टर पढ्न सक्दैनन् । कसैलाई पाइलट बन्न मन लाग्छ तर त्यो पनि सहज छैन । समय बदलियो तर सोच बदलिन सकेको पाइँदैन । अझै पनि कोही खर्चको अभावमा त कोही उपयुक्त सल्लाहको अभावमा प्राविधिक शिक्षाभन्दा पनि व्यवस्थापन तथा मानविकीतर्फ जाने गर्दछन् जहाँ अवसरको भने कमी छ  । एसईई पछिको पढाइ भनेको हाम्रो मुलुकको हिसाबमा हेर्ने हो भने चाँडोभन्दा चाँडो रोजगारमूलक क्षेत्र भेट्नेगरी पढ्नुपर्छ । जुन क्षेत्रको जनशक्तिको माग धेरै छ, त्यो क्षेत्र रोजे मात्र पढाइ सक्नासाथ हातमा रोजगारी आउन सक्छ । एसईई सकाएका विद्यार्थीहरुका लागि अहिलेको उपयुक्त रोजाइ प्रदेश नम्बर १ को सुन्दर शहर इटहरीमा सञ्चालित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय पनि हुन सक्छ । 

nr2

‘सीपयुक्त नेपाल समृद्ध जनता’को लक्ष्यलाई पछ्याउँदै शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारी र उत्पादनसँग तथा रोजगारी र उत्पादनलाई बजार र नयाँ अनुसन्धानसँग जोडेर आर्थिक विकास र समतामूलक समृद्धि हासिल गर्न सकिन्छ भन्ने उद्देश्यका साथ स्थापना भएको नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय २ वर्षे बालकजस्तै हो । तर २ वर्षको कलिलो उमेरमै यस विद्यालयले उत्कृष्ट नतिजा ल्याएर आफ्नो पहिचानलाई नेपालभरि छरिसकेको छ । ‘सीटीईभीटी’ को सम्बन्धन र साझेदारीमा सञ्चालन भइरहेको नरबहादुर कर्माचार्य बहुप्राविधिक विद्यालयले सीप विकास तथा तालिम केन्द्रको आफ्नै मापदण्डमा रहेको पाठ्यक्रममा प्रयोगात्मक कक्षा सञ्चालन गर्छ । हाल आफूहरुसँग मुलतः सीटीईभीटीका तीनवर्षे कार्यक्रमअन्तर्गत होटल म्यानेजमेन्ट, कृषिमा आधारित बाली विज्ञान र सिभिल इन्जिनियरिङ्गका कक्षा सञ्चालन भइरहेको र यसका लागि एसईईको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुले भर्नाका लागि फारम भर्न सक्ने नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय इटहरीका अध्यक्ष एकचन्द्र बराल अर्थात् निर्मल बराल बताउँछन् । 

nbk itahari.

तीनवर्षे कार्यक्रमका लागि अढाई वर्ष पढ्दै सीप सिक्दै गर्न सकिने र ६ महिना आफ्नो कोर्स अनुसारको ‘इन्टर्नसिप’ तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने अध्यक्ष बरालको भनाइ छ । शिक्षालयले होटल म्यानेजमेन्टका विद्यार्थीलाई नाम चलेका तारे होटलहरुमा र सिभिल इन्जिनियरहरुलाई विभिन्न निर्माण कम्पनी तथा जलविद्युतका प्रोजेक्टहरुमा इन्टर्नसिपको सम्झौता गरेको उनले बताए । सामान्यतथा विद्यार्थीहरुले सीटीईभीटीबाट मान्यता प्राप्त तीनवर्षे कोर्स सकाएपछि आत्मनिर्भर बन्नका लागि आफ्नै व्यवसाय गर्न सक्छन् या त  उच्च तहको शिक्षा लिनका लागि डिप्लोमा तहको अध्ययन गर्न पनि सक्छन् । त्यति मात्र नभएर  रोजगार बन्न चाहनेहरुलाई पनि  जागिर पाउन कठिन नहुने भएकाले सीपमूलक पढाइ खोजिरहेको विद्यार्थीको लागि नरबहादुर कर्मचार्य बहुप्राविधिक शिक्षालय उत्कृष्ट गन्तव्य हुन सक्छ । 

nr3

पछिल्लो समयमा बाली विज्ञानको बारेमा ज्ञान भएको प्राविधिक जनशक्ति तथा होटलको लागि पनि दक्ष जनशक्तिको उच्च माग भएकोले पनि ३ वर्षे पढाइपछि सिधै जागिर पाउन सकिने यो कोर्स रोज्ने विद्यार्थीको निकै ठूलो जमात देखिन्छ । स्थापना भइसकेपछि भर्ना भएको पहिलो ब्याचका विद्यार्थीहरु पास आउट हुनुभन्दा पहिले नै होटल म्यानेजमेन्टका जनशक्तिको माग चलेका तारे होटलहरुले गरिसकेको शिक्षालयका प्राचार्य अर्जुन उप्रेती बताउँछन् । स्वीस सरकारको मापदण्डअनुसार निर्माण भएको पाठ्यक्रम भएको हुनाले पनि सीटीईभीटीको सम्बन्धन प्राप्त शिक्षालयबाट लिइएको शिक्षा अन्यको भन्दा उत्कृष्ट हुने र रोजगारको बजारमा बिक्न सहज हुने शिक्षालय प्रशासनको भनाइ छ । नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानबाट सञ्चालन भएको यस शिक्षालयले कमभन्दा कम शुल्कमा उत्कृष्ट शिक्षा प्रदान गर्ने गरेको बताइन्छ । नयाँ भर्नाका लागि सिभिल इन्जिनियरिङ्गतर्फ तीनवर्षे कोर्षको २ लाख ५ हजार र होटल म्यानेजमेन्ट र बाली विज्ञानतर्फ १ लाख ७५ हजारमै तीनवर्षे पढाइ सम्पन्न गर्न सकिन्छ । 

अन्य निजी कलेजहरुमा पढाइने होटल म्यानेजमेन्टको कोर्सभन्दा यहाँको कोर्स सीटीईभीटी मार्फत्को भएकाले अलग र फरक पनि हुन्छ । सुनसरी जिल्लामै एक मात्र सीटीईभीटीको साझेदारीको यो शिक्षालय सम्पूर्ण रुपमा सीटीईभीटीकै मापदण्डमा चलेको र प्रदेश १ मै उदाउँदै गरेको गैह्रनाफामूलक सँस्था भएको अध्यक्ष बराल बताउँछन् । आफूहरुले स्नातकोत्तरमा प्रथम डिभिजनमा उत्तीर्ण हुन सफल अब्बल र योग्य प्रशिक्षकहरुबाट उत्कृष्ट शिक्षा दिने गरेकोले पनि छोटो समयमा राम्रो रिजल्ट ल्याउन सकेको विद्यालय बताउँछ । नरबहादुर कर्मचार्य बहुप्राविधिक शिक्षालयमै अध्ययनरत छात्रा दीक्षा दाहालले केही समयअघि मात्र सीटीईभीटीबाट सञ्चालित होटल म्यानेजमेन्टको प्रथम खण्डको राष्ट्रिय स्तरको परीक्षामा नेपालभरिकै सवोत्तकृष्ट अङ्क ल्याएकी थिइन् भने अन्य विद्यार्थीहरुले सतप्रतिशत उत्कृष्ट अङ्कसहित सफलता प्राप्त गरेका थिए । यसैगरी सिभिल इन्जिनियरिङ्गतर्फ प्रथम वर्षको प्रथम खण्डको परीक्षामा विद्यार्थी रोशन काफ्लेले ९०.८६ प्रतिशत, गणेशबहादुर विश्वकर्माले ९०.७१ प्रतिशत र महेशकुमार श्रेष्ठले ९०.४३ प्रतिशत अङ्क प्राप्त गरेका थिए । 

nr4

भौतिक पूर्वाधार राम्रो भएको यो शिक्षालय गैर नाफामूलक रहेकाले पनि न्युनतम शुल्कमा लक्षित वर्गका सबैले पढ्न पाउनेगरी फारम खोलिएको, कलेजमै प्रवेश परीक्षा लिइने र परीक्षामा उत्तीण विद्यार्थीलाई मात्र सीमित कोटामा पढाइ सञ्चालन गरिने बताइएको छ । लक्षित वर्गका सबैले पढ्न पाउन् भन्ने हिसाबले एसईईमा विद्यार्थीले ल्याएको अङ्क र प्रवेश परीक्षामा पाएको अङ्कका आधारमा भर्ना लिइने र सीटीईभीटीको मापदण्डअनुसार महिला, दलित, मुस्लिम तथा पिछडा वर्गलाई समेत समेट्नेगरी आंशिक छात्रवृद्धि प्रदान गरिने शिक्षालय प्रशासन बताउँछ । इटहरी ९  हस्पिटल लाइनमा रहेको भाडाको भवनमा शिक्षालयले बाली विज्ञान र सिभिल इन्जिनियरिङ्गको कक्षा सञ्चालन गरीरहेको छ भने इटहरीकै प्रिमियर होटल स्कुलसँगैको ब्लकमा अर्को होटल म्यानेजमेन्टको कक्षा सञ्चालन हुने गरेको छ । 

प्रतिष्ठानबाट सञ्चालन भएको यस विद्यालयलाई भौतिक पूर्वाधार निर्माणमा प्रदेश तथा संघीय सरकारले सहयोग गनुपर्ने शिक्षालयका अध्यक्ष एकचन्द्र बराल बताउँछन् । तर यी सपनाहरुमा सरकारको ध्यान गएको देखिँदैन  । तथापि स्थानीय सरकारले भने शिक्षालयलाई अघिल्लो वर्ष केही प्राविधिक सहयोग गरेको रहेछ । शिक्षा र स्वास्थ्यमा सम्पूर्ण रुपमा राज्यको लगानी हुन सके नागरिकले उत्पादनका क्षेत्रमा लगानी गर्न सक्ने विचार राखिन्छ । त्यहाँमाथि प्रतिष्ठानजस्तो सँस्था त पछि कंहीँकतै विघटन भएको खण्डमा त्यो सम्पत्ति राज्यकै हुने भएकाले पनि त्यहाँ राज्यले सहयोग गर्नुपर्ने देखिन्छ । नरबहादुर कर्मचार्य बहुप्राविधिक शिक्षालयले प्रदेश सरकारको ‘इन्स्योर’ परियोजनाअन्तर्गत औद्योगिक प्रशिक्षार्थीको उत्पादनमा समेत सहकार्य गर्नेगरी छलफल अघि बढेको अध्यक्ष बराल सुनाउँछन् । पर्यटनको प्रचुर सम्भावना रहेको प्रदेश १ मा दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन हुने र यसले होटल तथा पर्यटनका क्षेत्रमा तालिमप्राप्त जनशक्ति उत्पादन गर्न सहयोग पुर्याउने देखिन्छ । 

nr5

शिक्षालयमा विषय विज्ञमध्येबाट सिभिल इन्जिनियरिङ्ग तर्फबाट एक जना, बाली विज्ञान तर्फबाट एक जना, होटल म्यानेजमेन्ट तर्फबाट एक जनाका साथै इटहरी उपमहानगरको वडा नम्बर ९का वडाध्यक्ष, प्रतिष्ठानका २ जना प्रतिनिधि र शिक्षालयका प्राचार्य सचिवालय सदस्य रहनेगरी ९ जनाको सञ्चालक समिति रहेको छ भने संविधानसभा सदस्य अनिता परियार, शिक्षासेवी सुदर्शन पराजुली, खाद्य प्रविधि केन्द्रीय क्याम्पस हात्तीसार धरानका सहप्राध्यापक डा.गणेशबहादुर थापा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्राध्यापक डा.मधुर बस्नेत र पूर्वाञ्चल विश्वविद्यालय गिरिजाप्रसाद कोइराला स्मृति कृषि क्याम्पस गोठगाउँका क्याम्पस प्रमुख कृष्ण दाहाल सहितको सल्लाहकार समिति रहेको छ । भाडाको भवनमा सञ्चालन भइरहेको यस शिक्षालयले इटहरी तालतलैया सडकखण्डमा आफ्नो भवन निर्माण गरिरहेको र चाँडै शिक्षालयका सम्पूर्ण कार्यक्रमहरु उतै लैजाने योजना रहेको शिक्षालयले हामीलाई सुनायो ।


suchana.1