इटहरीः लामो समयदेखि रात्रिकालीन व्यवसाय सञ्चालनको सपना बोकेको इटहरीका  होटलहरु अब भने राति ११ः०० बजेसम्म सञ्चालन हुने भएका छन्  ।

अन्तरक्रिया शनिबार होटल व्यवसायी संघ इटहरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायी, सुरक्षा निकाय र जनप्रतिनिधिसमेत रातको ११ः०० बजेसम्म होटल व्यवसाय खोल्न तथा सञ्चालन गर्न सहमत भएका हुन् । इटहरी उपमहानगरपालिकाले लामो समयदेखि रात्रिकालीन बजार सञ्चालन गर्ने भनेपनि कार्यान्वयन गर्न नसकिरहेको समयमा होटल व्यवसायीहरुसँगको अन्तरक्रियामा मेयर हेमकर्ण पोडेल र सुरक्षा निकायका पदाधिकारीसमेत रात्रिकालीन बजारका लागि सकारात्मक देखिएका थिए । कोभिडबाट क्षतविक्षत भएको होटल व्यवसायमा व्यवसायीले गरेको मागबमोजिम ढिलोसम्म सञ्चालन गर्नेमा मेयर हेमकर्ण पौडेलसमेत सहमत भएका थिए ।

ht3

होटल व्यवसायी संघ इटहरीले गरेको होटल व्यवसाय र अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा तथा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्का सहितको टोली सहभागी भएको थियो । अन्तरक्रियामा सहभागी भएका होटल व्यवसायीहरुले शान्ति सुरक्षा र कस्ता खालका जोडीलाई होटलमा राख्न सकिने र कस्तालाई नसकिने भन्ने प्रश्न सुरक्षा निकायलाई गरेका थिए । अन्तरक्रियामा सहभागी अधिकांश व्यवसायीहरुले साँझ लाग्दै होटल बन्द गर्नुपरेको गुनासो गरे भने कसैले बाटोमा हुने ठेला र गुम्तिले ट्राफिकमा समस्या निम्त्याएको समेत गुनासो गर्न भ्याए ।

ht2

व्यवसायीहरुले इटहरीमा सञ्चालित साना र ठूला सबै होटलहरुलाई एउटै दरमा कर लिने गरिएको भन्दै वर्गीकरण गरेर करको दायरामा ल्याउनुपर्नेसमेत सुझाव दिएका थिए । व्यवसायीहरुको प्रश्न तथा गुनासाहरुलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापा तथा इटहरीका मेयर हेमकर्ण पौडेलले जवाफ दिँदै होटल व्यवसायको लागि सुरक्षित वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले होटलहरुले छोटो समयमा राम्रो प्रगति गरिरहेको भन्दै यसलाई निरन्तरता दिन सबै क्षेत्रले सहयोग गर्नुपर्ने भनाइ राखेका थिए । होटललाई वर्गीकरण गर्ने र त्यहीअनुसार करको दरमा फेलबदल गर्ने निर्णयसमेत अन्तरक्रिया कार्यक्रमकै अवसरमा गरिएको थियो । होटलहरुको वर्गीकरणका लागि तत्काल एउटा समिति बनाएर अघि बढ्नेसमेत सहमति भएको थियो ।

sushma add.

ht1