इटहरीः मोरङको विराटनगर महानगरपालिकामा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भव्य रथयात्रा यस वर्ष भने औपचारिकताका लागि मात्र निकालिने भएको छ ।

कोरोना संक्रमणाको दर बढ्न थालेकाले सर्वसाधारणको भीडभाड जम्मा नगरी रथयात्रा निकाल्न आयोजकलाई जिल्ला प्रशासन कार्यालय मोरङले अनुरोध गरेअनुरुप रथयात्रा औपचारिकतामा मात्र सीमित हुने भएको हो ।

sushma add.

रथयात्रामा भीडभाड गरे कोरोना संक्रमण समुदायमा फैलिन गई स्थिति नियन्त्रणबाहिर जान सक्ने भएकाले परम्पराको निरन्तरता मात्र कायम रहने गरी बिनाभीडभाड रथयात्रा निकाल्न अनुरोध गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

प्रशासनको अनुरोध र कोरोना संक्रमणको विस्तारलाई ध्यान दिँदै रथयात्रा परम्पराको निरन्तरता कायम गर्नेगरी मात्र निकाल्ने तयारी गरिएको रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । विराटनगरमा हरेक वर्ष राधाकृष्ण मन्दिरबाट रथ निकाली महानगर परिक्रमा गराउने चलन छ ।