इटहरीः सप्तकोसी नदीको बाँध फुटेको छ ।

बिहान करिब ४ः०० बजे उदयपुरको बेलका नगरपालिकास्थित डुम्रीबोटे लाहुरे खोजबाट पश्चिमतर्फ बाँध फुटाएर पसेको कोसीको बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले जानकारी दिए ।

koshi pidit3

कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप र बराहक्षेत्र नगरपालिकामा समेत क्षति पुग्ने खतरा छ । जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आफ्नो घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्किएका छन् ।

koshi pidit2

२०३० सालमा पनि सत्तकोसी नदी सोही धारमा बगेको थियो । बाढीबाट दुई हजार तीन सय परिवार विस्थापित हुने अवस्थामा पुगेको नगरपालिका बताउँछ । बाढीबाट २० हजार मानिस प्रभावित भएकोमा पाँच हजारलाई उद्धार गरिएको छ । सुनसरीको बराहक्षेत्रतर्फ श्रीलङ्का टापुका पाँच सयभन्दा बढी परिवार विस्थापित हुने अवस्था आएपछि उद्धार गरी सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको छ ।