इटहरीः तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कार आरोपमा एक जना पक्राउ परेपछि घटना सार्वजनिक भएको हो । पक्राउ पर्नेमा छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपाली रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । नेपालीले ती बालिकालाई फकाई साउन १२ गते दिउँसो बलात्कार गरेको जाहेरी परेको थियो ।

इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।