इटहरीः झापाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा छेउमा अवैध रुपमा भारततर्फ लैजाँदै गरेको १५० केजी सुपारी प्रहरीले बरामद गरेको छ ।

हिजो अपरान्ह ४ः०० बजे इलाका प्रहरी कार्यालय काकडभिट्टबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो ।

बरामद भएको सुपारी आवश्यक कारबारीका लागि मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।