इटहरीः मोरङको लेटाङ नगरपालिकास्थित रदुवा खोलामा एक महिलाको शव फेला परेको छ ।

मृत फेला पर्नेमा सोही नगरपालिका १ साक्फारा घर भएकी ६१ वर्षीया मनमाया मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार मृतक मगर घरबाट एक सातादेखि बेपत्ता भएकी थिइन् ।

शव सडिसकेकाले पोस्टमार्टम सम्भव नभएपछि कानूनी प्रक्रिया पूरा गरेर स्थानीय जनप्रतिनिधिको रोहवरमा अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।